ओकायामा, जापान। जापानमा एक स्कुलका प्रिन्सिपललाई प्रहरीले पक्राउ गरेको छ। जापानको ओकायामा शहरको प्रहरीले एक ६० बर्षिय इलेमेन्ट्री स्कुलका प्रधानाध्यापकलाई केटीको स्कर्टको फोटो खिचेको अभियोगमा पक्राउ गरेको हो। प्रहरीले ओकायामा प्रिफेक्चरको कानून तोडेको भन्दै उनलाई दोषि ठहर गरेको हो।
ओकायामा प्रहरीका अनुसार उक्त घटना गत मंगलबार विहान ७ बजेर ५ मिनेटमा घटेको हो। हिगासी वार्डको एउटा कन्भेनियन्स स्टोरमा भएको यो घटना ति प्रधानाध्यापक पक्राउ परेका हुन। त्यहाँको स्थानिय मिडियाका अनुसार ६० बर्षका प्रधानाध्यापक मासातो हिराकीले कन्भेनियन्स स्टोरमा आएकी एक महिला ग्राहकको फोटो खिचेका हुन।
कन्भेनियन्स स्टोरमा सामान किनिरहेकी महिलालाई थाहा नदिइ पछाडीबाट ति ६० बर्षका प्रधानाध्यापकले आफ्नो स्मार्टफोन प्रयोग गरी फोटो र भिडियो खिचेको बताइएको छ। यस अघि पनि जनवरीमा अर्को कन्भेनियन्स स्टोरमा एक ग्राहकले अनौठो गतिबिधी गरेको रिपोर्ट प्रहरीलाई प्राप्त भएको थियो।
गस्तिमा रहेको प्रहरीले उक्त समय तिनै हिराकीलाई यसैगरी भिडियो खिचिरहेको अवस्थामा पक्राउ गरेको थियो। ओकायामा सिटीका एजुकेशन सुपेरीटेण्डेन्ट काजुयोशी शुगानोले एक पब्लिक क्षमायाचना प्रकाशित गर्दै यो घटनाले आफूहरुलाई दुखित बनाएको बताएका छन।
बिध्यालयमा प्रधानाध्यापक जस्तो पोष्टमा रहेका ब्यक्तिबाट यस किसिमको निन्दनिय गतिबिधी गर्नु लज्जाको बिषय भएको र यस बारेमा थप अनुसन्धान गरी कारबाही गरिने समेत उनले बताए। हिराकी सन २०१९ देखि उक्त स्कुलमा प्रधानाध्यापकका रुपमा काम गरिरहेका थिए।
प्रतिकृया दिनुहोस्