दक्षिण कोरियाका विभिन्न परम्परागत संस्कृतिलाई चीनले आफ्नो भएको दाबी गर्दै आइरहेको छ जसका कारण यि दुइ देश बिच बेला बेलामा असमझदारी बढ्ने गरेको पाइन्छ। कोरियाका परम्परागत खाना, कपडा, संगित लगायतका कुराहरुमा चीनले बेला बेलामा आफ्नो दाबी पेश गर्ने गरेको पाइन्छ।
यसैबिच चीनको राजधानी बेइजिङमा जारी विन्टर ओलम्पिकमा कोरियाली परम्परागत लुगा ‘हानबोक’ लाइ लिएर दक्षिण कोरिया र चीनबिच बिवाद बढेको छ। बेइजिङ विन्टर ओलम्पिकको उद्घाटन समारोहमा कोरियाली परम्परागत पहिरन ‘हानबोक’ लगाएकी महिला सहभागी भएपछि दक्षिण कोरिया चीनसँग रिषाएको हो।
शुक्रबारको उद्घाटन समारोहमा चीनका विभिन्न ५६ वटा जातजातीलाई आ आफ्नो परम्परागत पोशाकमा सहभागी गराएको थियो। चीनको राष्ट्रिय झण्डा सहित सहभागी भएका ५६ वटा जातजातिमा एक महिला भने कोरियाको परम्परागत पोशाक ‘हानबोक’ मा सजिएकी थिइन। सेतो तथा गुलाबी रङको हानबोक लगाएकी महिलालाई उद्घाटन समारोहमा देखिएपछि कोरियाले आफूमाथि साँस्कृतिक रुपमा हमला भएको बताएको छ।
हानबोक लाई आफ्नो देशको जातिको साँस्कृतिक तथा परम्परागत पोशाक भएको देखाउन खोजेसँगै चीनसँग दक्षिण कोरिया रिषाएको छ। कोरियाले चीनमाथी आफ्नो देशको संस्कृति चोरेको आरोप समेत लगाएको छ। बेइजिङ ओलम्पिकको उद्घाटन समारोहमा सहभागी हुन बेइजिङ पुगेका कोरियाका राष्ट्रि सभाका सभाषद पार्क ब्यङ सुकले आइतबार त्यहाँ रहेका कोरियाली प्रतिनिधीहरुको अनलाईन बैठक राखि यस सम्बन्धि बिषयमा छलफल समेत गरेका छन।
विन्टर ओलम्पिकको यो घटनामा कोरियाका राष्ट्रपतिका उम्देवारहरुले समेत तुरुन्तै प्रतिकृया जनाएका छन। सत्तासिन डेमोक्रेटिक पार्टी अफ कोरियाका राष्ट्रपति उम्मेदवार लि जे म्यङले आफ्नो फेसबुकमा लेख्दै चीनलाई अरुको संस्कृति नचोर्न तथा अरुको संस्कृतिको सम्मान गर्न भनेका छन। त्यसैगरी पिपल्स पार्टीका राष्ट्रपति उम्मदेवार आन छल सो ले पनि फेसबुकमा पोष्ट गर्दै हानबोक कोरियन पोशाक हो। यसलाई हानफु भनेर बुझियोस। त्यसैगरी सामाजिक संजालहरु समेत चीनको तिब्र आलोचना भएको पाइएको छ।
प्रतिकृया दिनुहोस्