Monday, September 26

हाइपर फण्ड र क्रिप्टोकरेन्सीमा लगानी गर्ने नेपालीलाई जहाँ भए पनि पक्राउ गरिने

February 15, 2022 4619

काठमाडौं : देशभित्र भित्रिने रेमिटेन्सको रकममा गिरावट आएसँगै नेपालले यहाँ बस्ने तथा विदेशमा रहने नेपालीहरुलाई हाइपर फण्ड, बेटिङ तथा गेमिङ र क्रिप्टोकरेन्सी लगायतका क्षेत्रमा लगानी नगर्न चेतावनी दिएको छ। अर्थमन्त्री जनार्दन शर्माले हाइपर फन्ड, बेटिङ, गेमिङ, क्रिप्टोकरेन्सीवाला नेपाली नेपालको कानुन उल्लंघन गरे बापत जहाँ भएपनि एक दिन पक्राउ पर्ने बताएका छन्।

यस्ता क्षेत्रमा विदेशमा कमाएको रकम लगानी गर्ने परिपाटी बृध्दि भएसँगै विदेशबाट नेपाल भित्रिने रेमिटेन्समा भारी मात्रामा गिरावट आएसँगै सरकार झस्किएको छ। केहि समय अघि क्रिप्टो करेन्सीमा लगानी गरेको भन्दै नेपालमा केहि ब्यक्तिहरुलाई पक्राउ गरि आवश्यक कारवाहि अघि बढाइएको थियो।यस्ता गलत माध्यमबाट मुलुकबाट पूँजी पलायन र रेमिटेन्स घट्न थालेकोमा चि’न्ता व्यक्त गरेका छन् ।

चालु आर्थिक वर्ष २०७८/०७९ को बजेटको अर्धवार्षिक मूल्याङ्कन प्रतिवेदन सार्वजनिक गर्ने क्रममा अर्थमन्त्रीले यस्तो विषयमा आफ्नो धारणा सार्वजनिक गरेका हुन् । ‘नयाँ सूचना प्रविधिको विकास मानव जातिको लागि आफैँमा उपलब्धि हो,’ मन्त्री शर्माले भने, ‘जसले हाम्रा जीवन व्यवहारलाई सहज बनाएको छ ।

तर त्यो उपलब्धि भित्रका नकारात्मक पक्षहरू पनि छन् ।’ मुलुकको कानुन एकातिर रहेको तर क्रि’प्टोकरेन्सी र हा’इपर फण्ड लगायतको कारोबार अर्कैतिरबाट भइरहेको उनको भनाई छ । ‘विभिन्न प्रविधिका माध्यमबाट आज क्या’पिटल फ्लाइ (पूँजी पलायन) भइरहेको छ। उनले अगाडि भने, ‘हिजो एक ढङ्गले हुन्थ्यो भने आज अर्कै ढङ्गले भइरहेको छ ।’

त्यसलाई कसरी नियमन तथा नियन्त्रण गर्ने भनेर सरकारले विभिन्न कमिटीहरू निर्माण गरेको अर्थमन्त्री शर्माको भनाई थियो । ‘अनुसन्धानको कुरामा राष्ट्र बैंक र सरोकारवाला निकायहरूको संयुक्त टिम बनाएर कार्य प्रारम्भ गरिएको छ । त्यसमा पनि हाम्रो ध्यान केन्द्रित भएको छ,’ उनले भने ।

प्रतिकृया दिनुहोस्