Saturday, May 21

आफ्नो बुबाको जन्मदिनमा फूल नफूलेपछि किम जोङ उनले गरे मालीलाई कारबाही

February 18, 2022 1211

काठमाडौं। उत्तर कोरियाली शाशक किम जङ इल अहिलेका शाशक किम जङ उनका बुबा हुन। उनको जन्म १९४१ को फेब्रुअरी १६ तारिखमा भएको थियो। उनको जन्मदिनलाई उत्तर कोरियामा ठूलो पर्वका रुपमा मनाउने चलन रहेको छ। किम जङ इलले १९९७ को अक्टोबर ८ देखि २०११ को डिसेम्बर १७ सम्म उत्तर कोरियाको शासन चलाएका थिए।

उनि पछि उनका छोरा किम जङ उनले अहिले उत्तर कोरियामा शाशन चलाईरहेका छन।  उत्तर कोरियाका तत्कालिन तानाशाह किम जोङ इलको जन्म दिनको पूर्वसन्ध्यामा उनको नाममा राखिएको एउटा फूल नफुलेको भन्दै दुई जना मालीलाई सजाय दिइएको छ।

किम जोङ इलको नाममा राखिएको रातो फूल किमजोङइला नफक्रिएको भन्दै उनीहरुलाई ६ महिना श्रम शिविरमा पठाइएको हो । उत्तर कोरियाले हरेक १६ फेब्रुवरीमा इलको जन्म दिन मनाउँछ । यस दिनलाई उत्तर कोरियामा डे अफ साइनिङ स्टारसमेत भनिन्छ । र, यसलाई देशकै सबैभन्दा ठूलो पर्वको रुपमा प्रचार गरिन्छ ।

परम्परागत रुपमा उत्तर कोरियाली सहरका सडकहरुमा इलको जन्म दिन अगाडि रातो फूलले सजाइन्छ । तर, यो वर्ष किमजोङइला इल फूल हुर्काउन ग्रीनहाउसमा उचित तापक्रम र आद्रता मिलाउन नसकेको मालीमाथि आरोप छ । उत्तरी प्रान्त रयाङग्याङको सामसु कन्ट्रीस्थित एउटा फार्मका प्रबन्धक पक्राउ परेका छन् ।

यो मात्रै होइन उत्तर कोरियामा यस्तै यस्तै अनेकौं अनौठा घटना घटिरहेका हुन्छ। त्यहाँका जनतालाई शाशकले भनेको मान्नैपर्ने बाध्यता छ र शाशकको बिरुध्दमा एक शब्द पनि बोल्ने छुट कसैलाई छैन। कसैले विरुध्दमा बोलेमा ठूलो कारबाहीको भागेदार हुनुपर्दछ।

प्रतिकृया दिनुहोस्