Saturday, September 25

कोरियामा ह्विस्की आयात २१ बर्षकै कम

February 2, 2021 562

दक्षिण कोरियामा सन् २०२० मा ह्विस्कीको आयात गत २१ बर्षकै सबैभन्दा कम भएको त्यहाँको सरकारद्वार जारी गरिएको तथाङ्कमा देखिएको छ। यस्तो कमि आउनुको मुख्य कारण विश्वब्यापी रुपमा फैलिएको कोरोना भाइरस महामारी तथा कोरियनहरुको मदिरा छनौटमा आएको परिवर्तनलाई मान्न सकिन्छ।

भन्सार विभागका अनुसार गत बर्ष कोरियाले १३ करोड २५ लाख अमेरिकन डलर बराबरको ह्विस्की आयात गरेको छ जुन अघिल्लो बर्षको तुलनामा करिब १४ प्रतिशतले कमि हो। यो आयात सन् १९९९ को एसियन आर्थिक मन्दिपछिको सबैभन्दा कम हो। त्यस बर्ष कोरियाले ११ करोड ५९ लाख अमेरिकन डलर बराबरको ह्विस्कि आयात गरेको थियो।

सन २०२० मा कोरोना महामारीका कारण कोरियामा सबै स्थानिय बार तथा रेष्टुरेन्टहरु बन्द हुन पुगे। कोरोना फैलिन सक्ने डरले सरकारले नै सामाजिक दूरी कायम गर्न यस्ता भिडभाड हुने ठाउँहरु बन्द गराएको थियो। जसको कारण मदिराजन्य पदार्थको खपतमा तिब्र गिरावट आएको थियो। दक्षिण कोरियाले सन् २००७ मा सबैभन्दा बढि २७ करोड ३ लाख अमेरिकन डलरको ह्विस्की आयात गरेको थियो। त्यस यता ह्विस्की आयात निरन्तर ओरालो लाग्दै आइरहेको छ।

कोरियाको ह्विस्की आयातमा आएको तिब्र गिरावटले कोरियास्थित विदेशी मदिरा ब्राण्डका ब्रान्चहरुको आम्दानीमा ठूलो असर पारेको देखिन्छ। बेलायती मदिरा कम्पनी डियाजिओको कोरिया युनिट डियाजिओ कोरियाको आम्दानी ३२.६ प्रतिशतले घटेको छ। अघिल्लो बर्ष १७ करोड ९० लाख अमेरिकन डलर बराबरको आम्दानी रहेको यस कम्पनीले २०२० मा मात्र २ करोड डलर आम्दानी गरेको छ। त्यसैगरि अर्को मदिरा कम्पनी पेरनोड रिकार्ड कोरियाको आम्दानीमा पनि ११.७ प्रतिशतले गिरावट आएको छ।

प्रतिकृया दिनुहोस्