दक्षिण कोरियामा अनौठो घटना घटेको छ। आफ्नो कुकुरले बाटोमा हिँड्ने बटुवालाई टोकेपछि कुकुरको मालिकलाई जेल सजाय तोकिएको छ। कुकुर मालिक ६ महिनाका लागि जेल चलान भएका हुन। उनले आफ्नो कुकुर नबाँधिकन छाडा रुपमा डुलाउन लगेका थिए। बाटोमा पटक पटक बटुवालाई कुकुरले टोकेपछि कुकुर मालिकलाई जेल सजाय भएको हो।
कुकुर मालिक दक्षिण कोरियाको वेइजङ्बु निवासी ८० बर्षिय बृध्दा महिला हुन। वेइजङ्बु जिल्ला अदालतले ति ८० बर्षिय बृध्दा महिलालाई जनावर अधिकार कानून उल्लङ्घन गरेको आरोपमा सजाय सुनाएको हो। उनलाई ६ महिना जेल सजायका साथमा नगद जरिवाना समेत भएको छ। उनलाई ४ लाख कोरियन वन अर्थात करिब ३ सय ३५ अमेरिकी डलर जरिवान समेत तोकिएको छ।
८० बर्षिया ति बृध्दाले घरमा ४ वटा जिन्दो कुकुर पाल्ने गरेकी थिइन। ४ मध्ये २ वटा कुकुरलाई घाँटिमा सिक्री नबाँधी उनले डुलाउन लगेकी थिइन। गत बर्षको जनवरी महिनामा यो घटना घटेको थियो। सिक्री नबाँधिएको उनको कुकुरले बाटो हिँडिरहेका बटुवालाई खुट्टामा टोकेको थियो।
उक्त घटनाको करिब १ महिनापछि पुन उनका २ कुकुर खुल्ला रुपमा बाटोमा हिँडे तर उनले त्यसलाई वेवास्ता गरिन र उनको कुकुरले फेरि बाटो हिँड्ने मानिसलाई टोक्यो। अदालतले दिएको जानकारी अनुसार २ जनालाई टोक्दा समेत उनले कुकुरलाई छाडा नै छाडिन। तेश्रो घटनामा कुकुरको खोर राम्रोसँग नथुन्दा उनको कुकुरले खोरबाट भागेर बाटोमा हिँडेको अर्का एक बटुवालाई पुन टोक्यो।
गत बर्षको जुलाई महिनामा उनले लामो डोरीले कुकुर बाँधेर राखिन। डोरी लामो हुनाले बाटोमा हिँडेका अर्का एक ब्यक्तिलाई पुन टोक्न पुग्यो जसका कारण ति ब्यक्ति सख्त घाइते हुन पुगि ३ हप्ता अस्पतालमा उपचार गराउनु पर्यो। यसरी ति बृध्दाको पटक पटकको लापरबाहीका कारण कुकुरले बाटो हिँड्ने मानिसलाई टोक्न पुग्यो। यो घटना अदालत सम्म पुग्यो। वेइजङ्बु जिल्ला अदालतले उनलाई ६ महिना जेल र ४ लाख वन जरिवाना तोकेको छ।
प्रतिकृया दिनुहोस्