Tuesday, June 22

कोरियामा लगातार तश्रो दिन कोरोना संक्रमित ३०० हाराहरीमा

February 2, 2021 427

दक्षिण कोरियामा लगातार तश्रो दिन पनि नयाँ कोरोना भाइरस संक्रमितको संख्या ३०० कै हाराहारीमा रहेको छ। गत आइतबार, सोमबार र मंगलबार नयाँ कोरोना संक्रमित ४०० को लाइनमा पुग्न सकेन। सामूहिक संक्रमण भेटिएपछि केहि हप्तायता कोरिया सरकारले कठिन सामाजिक दूरी कायम गर्नुपर्ने नियम लागु गरेपछि भाइरस संक्रमणमा कमि आएको हो।

कोरियामा मंगलबार थप ३३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ जसमध्ये २९५ जना स्थानिय संक्रमित हुन भने बाँकी बाहिरबाट आएकाहरुमा भएको संक्रमण पुष्टि हो। यो सँगै दक्षिण कोरियामा कोरोना संक्रमितको कुल संख्या ७८ हजार ८४४ पुगेको छ। यो तथ्याङ्क कोरिया रोग नियन्त्रण तथा रोकथाम एजेन्सीले दिएको हो।

गत आइतबार कोरियमा ३५५ जनामा कोरोना संक्रमण पुष्टि भएकोमा सोमबार ३०५ जना नयाँ संक्रमित थपिएका थिए। यो संख्या गत ५ दिनमा पहिलो पटक ३०० को लाइनमा झरेको हो।.यसैगरि संक्रमित संख्या घट्दै गएमा फेब्रुअरी ११ देखि १३ सम्म कोरियाको नयाँ बर्ष सलनालको अवसरलाई मध्येनजर गर्दै सामाजिक दूरीको नियमलाई केहि खुकुरो पार्न सकिने स्वास्थ्य अधिकारीहरुले संकेत गरेका छन्।

अबैधानिक रुपमा संचालन भएका क्रिश्चियन मिसनरी ग्रुपका स्कुलहरुमा सामूहिक संक्रमण फैलिएपछि केहि दिनयता कोरियामा संक्रमण ह्वात्तै बढेको थियो। स्वास्थ अधिकारीहरुले सउल क्षेत्रमा २.५ लेभलको सामाजिक दूरी कायम गर्नुपर्ने नियम लागु गरेका छन् भने अन्य क्षेत्रमा २ लेभलको नियम लागु भइरहेको छ। यो नियम फेब्रुअरी १४ सम्म कायम रहनेछ। नियम कडाईका हिसाबले लेभल २.५ दोश्रो कडा सामाजिक दूरी कायम गर्नुपर्नेमा पर्दछ। यस अवस्थामा पाँच वा सोभन्दा ब्यक्ती भेला हुन मनाही गरिएको छ।

अर्को महिनाबाट सुरु हुने कोरोना खोप अभियान तथा स्प्रिङ सिजनको स्कुल तथा कलेज मार्चबाट सन्चालन गराउने उदेश्यले भाइरस नफैलियोस भनि सरकारले गरिरहेको कडाइलाई त्यहाँका साना तथा मझौला व्यवसायीहरुले तिब्र बिरोध गरिरहेका छन्। भाइरस महामारीका कारण उनिहरुको व्यापार ब्यवसाय चौपट भइरहेको र सरकारले कडाई जारी राखेकोमा उनिहरु असन्तुष्ट रहेका छन्।

प्रतिकृया दिनुहोस्