Saturday, May 21

कोरियामा कामदारको औषतमा प्रतिमहिना ३२ लाख कमाई, हेरौं कस्ता कम्पनीमा सबैभन्दा बढि कमाई रहेछ?

February 22, 2022 1356

दक्षिण कोरियामा कामदारहरुले औषतमा प्रतिमहिना ३२ लाख कोरियन वन कमाउने गरेको तथ्य सार्वजनिक भएको छ। सन २०२० मा यहाँका कामदारले औषत रुपमा कमाएको यो रकम भने कर कट्टा गर्नुभन्दा अघिको हो। सार्वजनिक भएको डाटा अनुसार यहाँका महिला कामदारहरु भन्दा पुरुष कामदारहरुले मासिक रुपमा बढि तलब थाप्ने गरेको देखिएको छ।

पुरुष कामदारले महिला कामदारको तुलनामा करिब डेढ गुणा बढि कमाउने गरेको देखिएको छ। त्यसैगरी कोरियाका ठूला व्यवसायिक कम्पनीहरुमा काम गर्ने कामदारहरुले अन्य साना तिना कम्पनीहरुमा काम गर्ने कामदारहरुको भन्दा दोब्बर कमाइ गर्ने गरेको पाइएको छ। उमेरका हिसाबमा ४० देखि ५० बर्ष उमेर भएका कामदारहरुले अन्य उमेरकाभन्दा तुलनात्मक रुपमा बढि कमाई गर्ने गरेको देखिएको छ।

त्यसैगरी दोश्रो स्थानमा उमेरका हिसाबले ५० देखि ६० बर्ष उमेर भएका कामदारहरु रहेका छन। उनिहरुले औषतमा ३७ लाख १० हजार वन मासिक कमाई गर्ने गरेको देखिएको छ। ३० देखि ४० बर्ष उमेर समूहका कामदारले औषतमा मासिक ३४ लाख ४०ह जार तथा २० देखि ३० बर्ष उमेर समूहमा पर्ने कामदारले मासिक औषतमा २२ लाख ९० हजार वन कमाउने गरेका छन। त्यसैगरी सबैभन्दा कम ६० बर्ष वा सोभन्दा बढि उमेर भएका कामदारले मासिक औषतमा २१ लाख ७० हजार कमाउने गरेको तथ्य सार्वजनिक भएको छ।

कोरियाको तथ्याङ्क विभागले सार्वजनिक गरेको डाटा अनुसार सन २०२० को डिसेम्बर महिनामा कोरियाका कामदारले औषतमा मासिक ३२ लाख कोरियन वन कमाउने गरेका छन। यो कमाई सन २०१९ को यसै अवधिको तुलनामा ३.६ प्रतिशतले धेरै हो। तर कुल कामदारको २७.९ प्रतिशतले मासिक औषतमा १५ लाख वन देखि २५ लाख वनको विचमा कमाउने गरेका छन। त्यसैगरी २४.१ प्रतिशत कामदारले मासिक १५ लाखभन्दा कम कमाई गर्दछन। १४.४ प्रतिशत कामदार भने मासिक औषतमा ५५ लाख वनभन्दा बढि कमाउँदछन। त्यसैगरी मासिक १० लाखभन्दा कम कमाउने कामदार २.६ प्रतिशत रहेको पाइएको छ।

लिङ्गको आधारमा हेर्दा औषतमा पुरुषहरुले मासिक ३७ लाख १० हजार वन कमाउँदछन। यो रकम महिलाको भन्दा करिब डेढ गुणा ज्यादा हो। यहाँका महिला कामदारहरुले मासिक औषतमा २४ लाख ७० हजार वन कमाइ गर्दछन। अघिल्लो बर्षको तुलनामा हेर्दा पुरुषको मासिक कमाई भन्दा महिलाको मासिक कमाईमा बढि बृध्दि भएको देखिन्छ। सेक्टरका हिसाबमा हेर्दा कोरियामा फाइनान्सियल तथा इन्सुरेन्स क्षेत्रमा काम गर्नेहरुले सर्वाधिक कमाएका छन भने त्यसपछि बिध्युतको क्षेत्रमा काम गर्ने कामदारहरुको तलब राम्रो रहेको देखिन्छ।

प्रतिकृया दिनुहोस्