दक्षिण कोरियाली सरकारले अहिले फैलिरहेको कोरोनाको ‘ओमिक्रोन’ भेरियन्टले उच्च बिन्दू छोएर संक्रमण घट्न थालेपछि कोरोनाबाट सामान्य जनजिवनमा फर्कने योजना बनाइरहेको बताएको छ। ओमिक्रोनका कारण अहिले दक्षिण कोरियामा संक्रमण उच्च बिन्दूमा पुगेको छ।
कोरियाका स्वास्थ्य मन्त्री क्वोन देओक-चेओलले मार्चको आधासम्ममा दैनिक उच्चदरमा पुगेको कोरोना भाइरसको संक्रमण बिस्तारै घट्ने र त्यसपछी सामान्य जनजिबनका योजनाहरु अपनाउने गरी छलफल चलिरहेको संकेत गरेका छन ।
दक्षिण कोरियाका स्वास्थ्य बिज्ञहरुका अनुसार हाल कोरियामा देखिएको कोरोनाको उच्च लहर मार्चको मध्यमा चरम सीमामा पुग्ने छ, त्यसपछि अन्य देशहरूमा देखिए झैं संक्रमणको संख्या घट्न थाल्नेछ,” क्वोनले आज आयोजित भर्चुअल प्रेस सम्मेलनमा जानकारी गराए ।
मार्चको मध्यतिर हामी हाम्रो सामाजिक दूरीका उपायहरू परिमार्जन गर्ने बारे समीक्षा गर्नेछौं र त्यसपछी थप निर्णय गर्नेछौं । स्वास्थ्य मन्त्री क्वोनले थपे । कोरोनाका कारण लामो समय देखि कडा खाले मापदण्ड र सामाजिक दुरिको नियम अपनाएको दक्षिण कोरिया सरकारले कोरोना भाइरसको संक्रमण उच्च हुँदै जाँदा यसको सामान्यकरण र दैनिक जनजिबिकाको सबालबारे सोच्न थालेको देखिन्छ।
बुधबार कोरियामा १ लाख ७१ हजार ४४२ जनामा कोरोना संक्रमण देखिएकोमा विहिवार यो संख्या १ लाख ७० हजार ०१५ रहन गयो। शुक्रबार भने संक्रमित संख्या केहि घटेको देखिएको छ। शुक्रबार कोरियामा थप १ लाख ६५ हजार ८ सय ९० जनामा संक्रमण पुष्टि भएको कोरिया रोग नियन्त्रण तथा रोकथाम एजेन्सीले जानकारी दिएको छ।
प्रतिकृया दिनुहोस्