Saturday, May 21

६० बर्ष अघि यस्तो थियो कोरिया, नेपालले ९० बोरा गहुँ सहयोग गरेको इतिहाँस पढौं एकपटक

February 26, 2022 2046

६० वर्ष अगाडीकाे काेरिया अवस्था। प्राचिन समयमा टेङ राजवंशका पालामा चीनले काेरियामा पटक पटक आक्रमण गरेका थिए। जुन समयमा काेरिया धेरै राज्यमा विभाजित थिए। बाहिरी शत्रुहरूलाइ हराउँदै राजा ताइजाेले विभाजित काेरियालाइ पूर्णरूपमा एकिकृत गरेका थिए। काेरियन इतिहासमा यस यूगलाइ सुनाैलाे इतिहास समेत भनिन्छ किनकि जसकाे सैनिक शक्ति, कार्यकुशलता र इन्जियरिङकाे चर्चा एसिया भर फैलिएकाे थियाे। जुन बेला हालकाे काेरियालाइ गाेरिया राज्य भन्ने गरिन्थ्याे। सन १२५९ मा मंगाेल संराज्यले आक्रमण गरेका थिए। पछि सन १३८८ मा पुनः चीनले आक्रमण गरेसँगै ५ सय वर्ष लामाे ताइजाे राजवंशकाे शासनकाे अन्त्य भइ जाेसन राजवंशकाे शासन शुरू भएकाे थियाे। सन १५९२ मा जापानले पहिलाे पटक काेरियामा माथि आक्रमणकाे प्रयास गरेका थिए तर काेरियाकाे यूध्द कार्यकुशल्ता र प्रविधिका कारण जापान हारे। त्यस यूध्दलाइ इन्जिन वार पनि भनिन्छ। यस यूध्दलाइ किन पनि याद गरिन्छ भने त्यस समयमा सबभन्दा पहिले बढि मात्रामा बन्दुक बारूदकाे प्रयाेग गरिएकाे थियाे।

सन १५९६ मा काेरियाले एकै पटकमा आधुनिक मिसाइलले झै धेरै तिरहरू प्राहार गर्न सकिने हाउचा नामकाे यूध्द हतियार बनाएका थिए। सन १८०० मा जाेसन राजपरिवार निकै भ्रष्टचारी भैसकेका थिए त्यति बेला सम्म यूराेपकाे पनि आवतजावत बढ्दै थियाे। सन १८६६ मा फ्रान्सले काेरियामा माथि हमला गरे तर पराजित भएर गए। सन १८७१ मा अमेरिकाले पनि असफल आक्रमणकाे प्रयास गरेका थिए। सन १८९४ तिर चीन कम्जाेर हुदै थिए तर जापान शक्तिशाली भएर आइरहेका थिए। यसलाइ फर्स्ट चीनाेजापानिज वारकाे नामले चिनिन्छ। यस यूध्दमा चीनकाे हार र जापानकाे जित भयाे। सन १८९५ मा जापान काेरियाकाे शासन सत्ता आफ्नाे हातमा लिए संगै ५ सय वर्ष लामाे जाेसन राजवंशकाे शासनकाे अन्त्य भएकाे थियाे। सन १९१० सम्म काेरियाकाे पुरा प्रायद्विपमा कब्जा जमाए। सन १९१० देखि सन १९४५ सम्म काेरियामा जापानकाे कब्जामा रहकाे थियाे। त्यस बेला जापानले आफ्नाे शासन फैलाउन बर्बता पुर्वक निरङ्कुश्ता कायम गरेका थिए। काेरियन बच्चाकाे नाम बदलेर जापानिजमा राख्न लगाइन्थ्याे भने काेरियन भाषाकाे ठाउँमा कार्यालय वा कामकाजकाे भाषा जापानिज भाषा बनाइदिएका थिए। स्कुलहरूमा जापानिज भाषा पढाउन थालियाे भने काेरियन भाषामा माथि प्रतिबन्ध लगाइ दिए। काेरियन संस्कृति र मूल्य मान्यता दबाउने र जापानी संस्कृति र मूल्य मान्यतालाइ प्रतिस्थापनकाे प्रयास गरियाे। यहि कारण आज पनि काेरियन नागरिकहरू जापानीहरूलाइ शत्रुकाे रूपमा घृणाकाे भावले हेर्छन्।

काेरियालाइ जापानी बाट मूक्ति मिल्याे जब दाेस्राे यूद्धकाे बखत अमेरिकाले सन १९४५ काे अस्ट ६ र ९ मा जापानकाे हिराेसिमा र नागासाकिमा एटम बम प्रहार गरे। अन्ततः जापानकाे ठुलाे हार भए सँगै आफूले कब्जा गरेका चिन लगायत पूर्वि एसियाका सबै ठाउँहरू बाट हात झिक्दै पूर्व अवस्थाकाे जापानमा समेटिन बाध्य भए। यसरी जापानकाे हार सँगै काेरिया स्वतन्त्र भए। काेरिया जापानबाट स्वतन्त्र त भए तर उत्तर तिर साेभियत संघकाे (हालकाे रसिया) कम्यूनिस्ट (communisms ) विचारधाराकाे प्रभाव थियाे भने दक्षिण तिर अमेरिकाकाे प्रजातान्त्रिक (Democracy) विचारधारकाे प्रवभा थियाे। साेभियत संघ चहान्थ्याे कम्यूनिस्ट देश हाेस र साम्यबाद फैलियाेस तर अमेरिका प्रजातान्त्रिक देश बनाेस भन्न चाहन्थ्याे। त्यहि दुइ देशाकाे स्वार्थ्य र इच्छाका कारण काेरियामा पुनः गृहयूद्धमा फस्याे। याे अप्रत्यक्ष रूपमा साेभियत संघ र अमेरिका वा साम्यबाद र प्रजातान्त्रिक विचार धारा बीचकाे यूद्ध थियाे। यस यूद्धलाइ शीत युद्ध पनि भनिन्छ। सन १९४५ अगष्ट २४ मा साेभियत संघकाे लालसेना प्याेङयाङ पुगेर काेरियाकाे उत्तरी हिस्सामा सैनिक सरकार बनाउछ। त्यसकाे लगभग २ हप्तामा ८ सेप्टेम्बरमा अमेरिकन आर्मि फाेर्स काेरियाकाे दक्षिणी हिस्सामा पुग्छ र अमेरिकन आर्मि सरकार बनाइदिन्छ। खासमा साेभियत संघ र अमेरिका काेरियालाइ जापानबाट स्वतन्त्र गर्नकाे लागि नै प्रवेश गरेका थिए। त्याे बाहेक अरू कुनै उद्देश्य थिएन। यसैकाे दाैरानमा दुइ देशबिच नै शीत यूद्ध हुन पुग्छ। दुइ देश आफ्नाे विचारधाराका अनुसार चलाउन चाहन्छ। एक काेरियन किमइल्सङ जाे उत्तर काेरियामा साेभियत संघकाे आर्मि अफिसर पनि थिए। जसले साेभियत संघकाे कतिपय यूद्धमा लडाइ पनि लडेका थिए। उनि कम्यूनिष्टकाे स्ट्राेङ सपाेर्टर पनि थिए। उसलाइ ब्याक सपाेर्ट दिएर सबै भन्दा ठुलाे राज्नितक नेता बनाइन्छ। ती व्यक्ति आजकाे उत्तरकाेरियाकाे तानाशाह किमजाेङउन हजुरबा हुन्।

भने यता दक्षिण काेरियाकाे स्थिति अलि स्थिर भएकाे थियाे तर सबै भन्दा ठुलाे राज्नितिक नेता बनेर आए सिङमन्रि जाे अमेरिकामा अध्ययन गरेर आएका थिए उनि कम्युनिष्ट विचारधाराकाे विरूद्धमा थिए। त्यसपछि दक्षिण काेरियाकाे नाम गणतान्त्रिक काेरिया (Republic of korea ) राखिन्छ, जहाँ सन १९४८, १० मे मा आम चुनाव हुन्छ र १५ अगष्टमा अमेरिकन आर्मिलाइ ‍औपचारिक रूपमा फिर्ता गरिन्छ  र राष्ट्रपति सिङमन्री बन्छ भने उता ९ सेप्टेम्बरमा उत्तर काेरियालाइ लाेकतान्त्रिक जन गणतान्त्रिक काेरिया (Democratic people’s Republic of korea ) नामकाे घाेषणा गरिन्छ र पहिलाे प्रधानमन्त्रिकाे रूपमा किमइलसङ नियुक्त हुन्छ। त्यस पछि १० डिसेम्बर १९४८ मासाेभियत संघकाे आर्मि फाैज देश फर्कन्छ। अब दुबै सरकार कुनै वाेर्डरलाइ मान्न तयार हुदैन र आफूलाइ पुरा काेरियाकाे शासक भएकाे कुरा बताउँछ। सन १९४८ मा पुरा काेरियाकाे बिजुली जेनेरेटरहरू उत्तर काेरियाले दक्षिण काेरियाकाे सप्लाइ बन्द गर्दिएपछि अनैपचारिक रूपमा गृहयुद्ध सुरूहुन्छ। सन १९५० सम्म आउदा उत्तर काेरियाकाे सैनिक शक्ति दक्षिण काेरियाकाे भन्दा अत्यधिक बढि भैसकेकाे थियाे। साेभियत संघले धेरै हातहतियार दिनुकाे साथै आर्मि तालिम पनि दिएका थिए। यी सब कारणले किमइल्सङले साेच्छ कि सहजै दक्षिण काेरियालाइ हराउन सकिन्छ र याे गृह युद्ध भएकाेले अमेरिकाले पनि कुनै दखल दिन्न र २५ जुन १९५० मा दक्षिण काेरियामाथि आक्रमण गर्छ, यहि बाट काेरियन युद्धकाे सुरूवात हुनजान्छ।

उत्तर काेरिया बिना ठुलाे अबराेध नै दक्षिण काेरियाकाे लगभग पुरै भागमा आफ्ना सेना पुर्याउन सफल हुन्छ। तर याे गृयुद्धमा पश्चमाहरूले कम्युनिजमकाे चुनाैति देख्छन् र सेप्टेम्बर १९५० मा अमेरिकाकाे नेतृत्वमा रेहेकाे १६ देशकाे संयूक्त आर्मि फाेर्स ( यू .एन. फार्स ) काेरिया पुग्छ र उत्तर काेरियाकाे सेनालाइ लखेट्दै लगभग चिनकाे सिमाना सम्म पुर्याउछ। त्यस पछि २५ नाेभेम्बर १९५० मा चिन उत्तर काेरियाकाे पक्षबाट युद्धमा समावेश भए पछि उत्तर काेरियाले पुनः जित हासिल गर्न थाल्छ। त्यस पछि १० जुलाइ १९५१ बाट युद्ध विरामकाे काेशिष हुन सुरू हुन्छ। यू.एन. लाइ याे डर हुन्छ कि याे युद्ध लम्बियाे भने तेस्राे विश्व युद्धकाे खतरा हुनसक्छ किन कि याे युद्ध साेभियत संघकाे नेता जाेसेफ स्टलिनसँग थियाे जसकाे ५ मार्च १९५३ मा मृत्यू हुन्छ। त्यस पछि २७ जुलाइ १९५३ मा एक सहमति हुन्छ जसकाे माध्यमबाट पुरानै सिमाना ३८ समानान्तर डिभाइडिङ लाइन लाइ पुनः दाहाेर्याइ पालना गरिन्छ। तर दक्षिण काेरियाका नेता सिङमन्रीले यसकाे विराेध गर्छन किन कि उसलाइ लाग्छ कि एकिकृत काेरिया बनाउने सुनाैलाे अवसर थियाे, त्यसैले युद्धविरामकाे सन्धीमा हस्ताक्षर गर्न मान्दैन।

तर अन्त्यमा हस्ताक्षर त हुन्छ तर आधिकारिक शान्ती सम्झाैतामा आज सम्म पनि कुनै हस्ताक्षर भएकाे छैन। त्यस पछि ३८ प्याराललमा एक बफर जाेन बनाइयाे जसलाइ काेरियन डिमिलिट्राइज जाेन भनिन्छ। युद्ध समाप्त हुन साथ चिनकाे सेना फिर्ता गयाे तर अमेरिकाकाे सेना अझ पनि काेरियामै रहन्छ। १ अक्टुबर १९५३ मा दक्षिण काेरिया र अमेरिका बिच एक डिफेन्स सम्झाैतमा हस्ताक्षर गर्छ। शित युद्ध् चलि नै रहेकाे थियाे। त्यसैले अमेरिकाले सन १९५८ मा दक्षिण काेरियालाइ आफ्नाे न्युक्लियर बम प्रदान गर्छ । सन १९६१ मा उत्तर काेरियाले पनि साेभियत संघ र चिन सँग आपसी सैनिक गठबन्धन सम्झाैता गर्छ। साेभियत संघकाे विघटन नभए सम्म शीत युद्ध चलि नै रहयाे। गृह युद्धकाे विभिन्न उतार्चडाबमा गुज्रिदै सन १९५३ मा उत्तर र दक्षिण बीच ३८ प्यारालल सिमाना कायम गर्दै युद्धविराम भयाे। यसरी उत्तर काेरिया र दक्षिण काेरिया दुइ देशकाे निर्माणा भयाे। करिब ३५ वर्ष सम्म जापानकाे उपनिवेशिकरणका शाेषण र दमनमा अर्थतन्त्र खाेक्राे थिलथिलाे भएकाे थियाे भने गरिबि अभाब थियाे। अझ लामाे गृह युद्धकाे कारण त्याे अवस्था चरम उत्कर्षमा पुगेकाे थियाे । भाेकमरी देशभर थियाे। त्यहि बेला नेपालले पनि ९० बाेरा गहुँ सहयाेग गरेकाे कथन छ। आज त्यहि गुण केहि कामदारहरूलाइ राेजगार दिएर तिरिरहेकाे छ भन्ने यदा कदा सुन्न पाइन्छ वर्ल्डभिजन फोरकेबाट।

प्रतिकृया दिनुहोस्