काठमाण्डाै – वैदेशिक रोजगारीका लागि विदेशीने श्रमिकहरुका लागि खुशीको खबर आएको छ। विदेश जानुअघि पेश गर्नुपर्ने कोरोनो निगेटिभ रिपोर्टका लागि गरिने पिसिआर परिक्षण अब फ्रिमा हुने भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले वैदेशिक रोजगारीमा जाने श्रमिकको निःशुल्क कोरोना भाइरसको पीसीआर परीक्षण गर्ने भएको छ।
स्वास्थ्यमन्त्री विरोध खतिवडाको अध्यक्षतामा आज बसेको मन्त्रालयको मन्त्रिस्तरीय निर्णयले वैदेशिक रोजगारीमा जाने श्रमिकको निःशुल्क कोरोना भाइरस परीक्षण गर्ने भएको मन्त्रीका प्रेस सल्लाहकार शन्तराम बिडारीले जानकारी दिनुभयो ।
उहाँका अनुसार वीरअस्पताल, शहीद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट श्रमिकले निःशुल्क पीसीआर परीक्षण गराउन सक्नेछन् । सबै प्रक्रिया पूरा गरिसकेर टिकट लिइसकेको श्रमिकलाई निःशुल्क परीक्षण गर्न थालिएको हो ।
नि:शुल्क पीसीआर गर्न वैदेशिक राेजगारीमा जान लागेकाे भन्ने जनाउने कागजात चाहिनेछ। सरकारले पीसीआर परीक्षणको शुल्क आठ सय रुपैयाँ तोेकेको छ। यसअघि रोजगारीका लागि विदेशीने अधिकांश श्रमिकहरुले पिसिआरका नाममा महङ्गो शुल्क तिर्नुपरेको गुनासो गर्ने गरेका थिए।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले वैदेशिक रोजगारीमा जाने श्रमिकको निःशुल्क कोरोना परिक्षण गर्ने निर्णय गरेसँगै रोजगारीका लागि विदेश जान लागेका हजारौं श्रमिकहरुमा खुशियाली छाएको छ। उनिहरुले सरकारको यस निर्णयको स्वागत गर्दै सरकारलाई धन्यवाद समेत दिएका छन।
प्रतिकृया दिनुहोस्