दक्षिण कोरियामा एकदमै लोकप्रिय तथा यहाँका सबैजसो नागरिकले पिउने गरेको मदिरा सोजुको बिक्री केहि दिन यता ह्वात्तै बढेको छ। कोरियामा ठूला मार्टहरुमा मानिसहरु अरु समयको भन्दा धेरै सोजु किनिरहेको देख्न सकिन्छ। आखिर किन मानिसहरु सोजु किनेर थुपार्न चाहिरहेका छन त?
सोजु निर्माता कम्पनीले यहाँका ठूला मार्टहरुका लागि यसको फ्याक्ट्री मूल्य बढाएको छ जसका कारण अब आउने दिनहरुमा सोजुको मूल्य बढ्ने अनुमान सर्वसाधारणहरुले गरेका थिए। फ्याक्ट्रीले मार्टहरुलाई मूल्य बढाएपछि अब मार्टहरुले पनि खुद्रा मूल्य बढाउन सक्ने आँकलन गरि सर्वासाधारणहरुले आफूलाई चाहिएभन्दा बढि सोजु खरिद गर्दा यसको बिक्री ह्वात्तै बढेको थियो।
कोरियामा ठूला तिन मार्टहरु इमार्ट, होमप्लस तथा लोट्टै मार्टले फेब्रुअरी २४ तारिखबाटै लागू हुने गरी छामीसुल ओरिजिनल, छामिसुल फ्रेस तथा जिन्रोमा प्रतिबोतल १ सय कोरियन वन भाउ बढाइसकेका छन। हाइट जिनरो कम्पनीले सोजुको फ्याक्ट्री मुल्यमा ७.९ प्रतिशतले मूल्य बढाएसँगै कोरियका ठूला मार्टले पनि खुद्रा मूल्य बढाएका हुन।
जव मूल्यबृध्दिका खबरहरु आए तब कोरियामा सोजुको बिक्री अकास्मात बढ्न थालेको छ। अस्थाइ रुपमा ठूला मार्टहरुमा यसको बिक्रीमा उल्लेखनिय बृध्दि देखिएको छ। फेब्रुअरी महिनामा अघिल्लो बर्षको तुलनामा लोट्टे मार्टमा ३४ प्रतिशतले सोजुको बिक्री बढेको पाइएको छ। त्यसैगरी यसै अवधिमा इमार्टमा ४४ प्रतिशतले सोजुको बिक्री बढेको छ।
मानिसहरुले कोरियाका मार्टहरुमा सोजु अत्याधिक किनेपछि यहाँका केहि मार्टहरुमा सोजु राखिने र्याकहरु नै खालि भएका छन। सोजु निर्माता कम्पनी लोट्टे छिलसङ बेभरेजले आफ्ना केहि सोजु प्रोडक्टको मूल्य आउँदो महिनाको ५ तारिखबाट बढाउने बताएसँगै यसका प्रोडक्टहरुको खुद्रा मूल्य पनि बढ्ने निश्चित जस्तै छ।
प्रतिकृया दिनुहोस्