Saturday, May 21

गर्मी लाग्नै लाग्दा कोरियामा मेक्जुको भाउ बढ्दै, हेरौं कति बढ्दैछ

March 2, 2022 298

जाडो सकिएर गर्मी सुरु हुनै लाग्दा दक्षिण कोरियामा बियर अर्थात मेक्जुको भाउ बढ्ने भएको छ। कोरियाको प्रमुख वियर कम्पनीहरु मध्येको एक ओबी बियर कम्पनीले मार्च २ तारिखका दिन आफ्ना वियरहरुको फ्याक्ट्री मूल्य बढाउने जानकारी दिएको छ।

ओबी बियर कम्पनीले आफ्ना मेक्जुहरुमा ‍ओबी, हानमाक तथा कास बियरमा आउँदो मार्च ८ तारिखबाट ७.७ प्रतिशत मूल्य बृध्दि गर्ने जनाएको छ। यो कम्पनीले विगत ६ बर्षदेखि आफ्ना प्रोडक्टहरुमा मूल्य बृध्दि गरेको थिएन। अन्तिम पटक कम्पनीले सन २०१६ को नोभेम्बरमा आफ्ना आन्तरिक उत्पादनहरुमा मूल्य बृध्दि गरेको थियो।

ओबी वियर कम्पनीले आफ्ना प्रोडक्टहरुमा मूल्य गर्नुपरेको कारण समेत बताएको छ। कम्पनीका अनुसार वियर उत्पादनका लागि आवश्यक पर्ने कच्चा पदार्थको मूल्य बढेका कारण आफूहरुले पनि मूल्य बृध्दि गर्नुपरेको जानकारी दिएको छ। गत २ बर्ष यता विश्वभर फैलिएको कोरोनाका कारण वियर उत्पादनका लागि आवश्यक पर्ने कच्चा पदार्थको भाउ बढेको समेत कम्पनीले जानकारी दिएको छ।

कोरियाको नम्मर एक वियर कम्पनीले ओबीले आफ्ना बियरको मूल्य बढाएसँगै कोरियाका अन्य कम्पनीहरुले समेत छिट्टै मूल्य बृध्दि गर्न सक्ने बुझिएको छ। कोरियामा ‘हाइट’, ‘टेररा’ लगायतका वियर उत्पादन गरिरहेको हाइट जिनरो कम्पनीले समेत कच्चा पदार्थको मूल्य बढेका कारण कम्पनीलाई प्रेशर हरेको बताइसकेको छ।

त्यसैगरी कोरियामा ‘क्लाउड’ ब्राण्डमा बियर बेच्ने लोट्टे छिलसङ वेभरेज कम्पनीले अहिले नै आफूहरुले मूल्य बृध्दि गरिहाल्ने निर्णय नगरिसकेको जानकारी दिएको छ। यसअघि हाइट जिनरो कम्पनीले फेब्रुअरी महिनाको २३ तारिखबाटै आफ्नो सोजुहरुमा भने ७.९ प्रतिशतले मूल्य बढाएको थियो। जसका कारण कोरियाका ठूला डिपार्टमेन्ट स्टोरहरु इ मार्ट, होमप्लस तथा लोट्टे मार्टले सोजुको मूल्य प्रतिबोतल १ सय कोरियन वन बढाएका थिए।

प्रतिकृया दिनुहोस्