Saturday, May 21

दैनिक संक्रमितको संख्याले कोरियामा बनायो नयाँ रेकर्ड, थपिए आज यति धेरै संक्रमित

March 4, 2022 104

दक्षिण कोरियामा दैनिक को’रोना संक्रम’णले नयाँ रेकर्ड बनाएको छ। शुक्रबार यहाँ एकैदिन २ लाख ६० हजारभन्दा धेरै को’रोना सं’क्रमितहरु थपिएका छन। अति सं’क्रामक को’रोनाको ‘ओमिक्रोन’ भेरियन्ट देशभर फै’लिएसँगै कोरियामा केहि दिन यता को’रोनाका सं’क्रमितहरु ह्वात्तै बढेका छन।

कोरियामा शुक्रबार २ लाख ६६ हजार ८ सय ५३ जना सं’क्रमित थपिएका छन जसमध्ये २ लाख ६६ हजार ७ सय ७१ जना स्थानिय सं’क्रमित हुन। यो सँगै कोरियामा अहिले सम्म को’रोनाबाट सं’क्रमित हुने हरुको कुल संख्या ३६ लाख ९१ हजार ४ सय ८८ पुगेको कोरिया रो’ग नि’यन्त्रण तथा रोकथाम एजेन्सी ‘केडिसिए’ ले जानकारी दिएको छ।

अघिल्लो दिन अर्थात बिहिबारको १ लाख ९८ हजार ८ सय ३ सं’क्रमितबाट ह्वात्तै बढेर शुक्रबार २ लाख ६६ हजार ८ सय ५३ पुगेको हो। बुधबार मात्रै कोरियामा पहिलो पटक दैनिक सं’क्रमित संख्या २ लाख नाघेको थियो। मंगलबार कोरियाली सरकारले खो’प पास सिस्टम हटाएको थियो। कोरोना म’हामा’रीसँग जुध्न जनशक्ति अभाव भएसँगै यो सिस्टम हटाएको हो।

कोरियामा गत फेब्रुअरीको मध्यबाट दैनिक सं’क्रमित संख्या १ लाख नाघेको थियो। शुक्रबार को’रोनाबाट सि’किस्त हुने बि’रामीहरुको संख्या ७ सय ९७ पुगेको छ। यस्तो संख्या अघिल्लो दिन अर्थात बिहिवार ७ सय ६६ रहेको थियो। कोरियामा स्वास्थ जानकारहरुका अनुसार मार्चको मध्यतिर को’रोनाले अधिकतम उचाई छुने तथा त्यस बखत दैनिक सं’क्रमित २ लाख ५० हजार सम्म पुग्ने अनुमान गरेका थिए। अनुमान गरिएको संख्याभन्दा अहिले सं’क्रमित संख्या बढिसकेको छ।

कोरियन सरकारले मंगलबारबाट विभिन्न सार्वजनिक सेवाका क्षेत्रहरु तथा रेष्टुरेन्ट, क्याफे, डिपार्टमेण्ट स्टोर, फिल्म हल तथा म्युजियमहरुमा प्रवेशका लागि खो’प पासको व्यवस्था हटाइसकेको छ। यस अघि यस्ता ठाउँमा प्रवेशका लागि पि’सिआर नेगेटिभ रि’पोर्ट देखाउनु पर्दथ्यो। यसैबिच कोरियन सरकारले विभिन्न १२ किसिमका क्षेत्रहरुलाई थप १ घण्टा सन्चालन हुने समय थप गरेको छ। मार्च ५ बाट लागु हुने गरि विभिन्न व्यापारहरु राति ११ बजेसम्म संचालन गर्न दिने निर्णय गरेको हो।

प्रतिकृया दिनुहोस्