Saturday, May 21

युक्रेनद्वारा नेपालीलाई पासपोर्ट मात्रै ल्याएर भर्ति हुन आव्हान, कस्तो हुन्छ सुबिधा ?

March 4, 2022 256

एजेन्सी । युक्रेनको रक्षा मन्त्रालयले उमेरको परवाह नगरी नेपाली सहित बिश्वका सबै देशका ब्यक्तिहरुलाई सेनामा भर्ति हुन आह्वान गरेको छ ।जापान लगायत नेपालिहरु अहिले सेनामा भर्ती हुँदै आएका छन्।

युक्रेनको सेनामा भर्ती हुन पासपोर्ट मात्रै भए पुग्ने जनाएको छ ।उक्त घोषणा संगै नेपाली युवाहरु समेत युक्रेनको सेनामा भर्ती हुन पुगेका छन्। त्यहाँको रक्षा बलले ट्वीट गर्दै आफ्ना सबै नागरिकलाई सेनामा सामेल हुन आह्वान गरेको हो। सेनाका कमाण्डर युरी गालुस्किनले जारी गरेको ट्वीटमा नाबालिगहरूलाई सेनामा सामेल गरिने उल्लेख गरिएको छ ।

‘आज, युक्रेनलाई सबै कुरा चाहिन्छ, सामेल हुने सबै प्रक्रियाहरू सरलीकृत छन्,’ ट्वीटमा भनिएको छ, ‘तपाईंको राहदानी र पहिचान नम्बर मात्र ल्याउनुहोस्, कुनै उमेर प्रतिबन्धहरू छैनन्।’ युक्रेनलाई अहिले बढिभन्दा बढि जनशक्ति चाहिएका कारण यस्तो आव्हान गरेको हो।

युक्रेनको रक्षा मन्त्रालयको यो ट्वीले त्यहाँको अवस्था कस्तो छ भन्ने बयान गरिरहेको छ । रुसी सेनाको आक्रम’णपछि युक्रेनबाट लाखौं मानिसले देश छोडिसकेका छन्। युक्रेनी सरकारले १६ वर्षदेखि ६० वर्षसम्मका मानिसलाई देश छाड्न प्रतिबन्ध लगाएको छ । राष्ट्रपति जेलेनेस्कीले देशका लागि हरेक नागरिकले लड्नुपर्ने बताउँदै आएका छन्। – चियागफबाट

प्रतिकृया दिनुहोस्