दक्षिण कोरियामा नयाँ राष्ट्रपतिका लागि हुन लागिरहेको निर्वाचनको ‘अर्लि भोटिङ’ आज अर्थात शुक्रबारबाट सुरु भएको छ। देशभर ३ हजार ५ सय ५२ वटा भोटिङ सेन्टरहरुबाट भोट हाल्न मिल्ने व्यवस्था मिलाइएको छ। सत्ताधारी पार्टीका राष्ट्रपति उम्मेदवार लि जे म्यङ तथा मुख्य प्रतिपक्षि पार्टीका उम्मेदवार युन सुक योलले आज सबैभन्दा पहिले भोट हाल्ने बताइएको छ।
लिवरल डेमोक्रेटिक पार्टीका उम्मेदवार लि जे म्यङले सउलमा रहेको मतदान स्थलमा विहान ८ बजेर ४० मिनेटमा भोट हाल्ने तथा त्यसको केहि क्षण पछि नै प्रमुख प्रतिपक्षि पार्टी पिपल पावर पार्टीका उम्मेदवार युनले दक्षिण पूर्वि शहर बुसानमा भोट खसाल्ने कार्यक्रम रहेको बताइएको छ।
आउँदो बुधबार दक्षिण कोरियामा निर्वाचनको दिन तोकिएको भएता पनि इच्छा हुनेहरुले त्यस भन्दा अघि नै भोट हाल्ने पाउने व्यावस्था रहेको छ। मतदान केन्द्रहरु शुक्रबार र शनिवार विहान ६ बजेदेखि साँझ ६ बजेसम्म खुल्ला रहने बताइएको छ। क्वारेन्टिनमा रहेका तथा कोरोना संक्रमण भएकाहरुलाई शनिवार साँझ ५ बजेदेखि ६ बजेभित्र भोट हाल्न मिल्ने व्यवस्था मिलाईएको छ।
चुनावी प्रचारका लागि लि जे म्यङ खाङवनदो प्रदेशको होङछन तथा छुनछन पुग्ने तथा सउल फर्कने क्रममा ख्यङ्गिदो प्रदेशको नामयाङ्जु पनि पुग्ने कार्यक्रम तय भएको छ। सउलमा उनले राजधानीको पूर्विय क्षेत्रहरु जुङनाम तथा खाङदोङमा चुनावी र्याली गर्नेछन।
प्रतिपक्षी पार्टीका राष्ट्रपति उम्मेदवार युन भने कोरियाका दक्षिण पूर्वि क्षेत्रहरुमा केन्द्रित रहि चुनावी प्रचार प्रसारमा हुनेछन। उनि बुसान, थेगु तथा ख्यङसाङबुक्दो प्रदेशमा बढि केन्द्रित रहि लाग्नेछन। संयुक्र राष्ट्र संघले बुसानमा गर्ने एक कार्यक्रममा उनि पुग्ने समेत बताइएको छ।
प्रतिकृया दिनुहोस्