Monday, September 26

सउलमा अब बन्ने भए गगनचुम्बी अग्ला घर, ३५ तल्लासम्म मात्रै बनाउन पाउने नियम हट्यो

March 5, 2022 314

दक्षिण कोरियाको राजधानी सउलमा अब अझै अग्ला अग्ला घरहरु बन्ने सम्भावना बढेको छ। यहाँको सरकारले गत ८ बर्षदेखि लागू गरिरहेको नियमलाई हटाएको छ। यसअघि यस क्षेत्रमा ३५ तल्लासम्म मात्र घरहरु बनाउन पाइने नियम लागू भएको थियो। राजधानी सउल भएर बग्ने हान नदि किनारामा अब आकाश छुने अग्ला घरहरु बन्ने अपेक्षा गरिएको छ।

कोरियामा मानिसहरु अपार्टमा बस्ने चलन बढेको छ। जसका कारण यहाँ अपार्टको मूल्य पनि निरन्तर रुपमा बढिरहेको छ। सउलका मेयर ओ से हुनले आउँदो २० बर्षको लागि कार्यक्रम घोषणा गर्दै विहिवार यस्तो निर्णय सुनाएका हुन। सन २०१४ मा यस अघिका सउलका मेयर पार्क वन सुनले ३५ तल्लाको नियम लागू गरेका थिए।

सउल मेट्रोपोलिटन सरकारका अनुसार यस्तो घरको उचाई लिमिटका कारण अपार्टमेण्टहरुको भाउ बढ्नमा सहयोग पुगेको छ। मेयर ओ से हुनले आफू मेयर पदका लागि चुनाबमा लड्दै गर्दा बढ्दो घर जग्गा तथा अपार्टको माउलाई व्यवस्थित गर्छु भनेर चुनाबी क्याम्पेन चलाएका थिए।

सउल सरकारले यहाँ अब पुन निर्माणका लागि अनुमति प्रदान गर्नेछ तर हान नदिको किनाराको पहिलो लाइनमा भने मात्रै १५ तल्लासम्म घर विल्डिङ बनाउने अनुमति दिनेछ। त्यसैगरी सउल सरकारले यहाँको जग्गाको वर्गिकरणलाई पनि हेरफेर गर्नेछ। अहिले सउलका जग्गाहरुलाई आवासिय, कमर्सियल, औध्योगिक र ग्रिन जोन गरेर ४ भागमा बर्गिकरण गरिने गरिएको छ।

तर विल्डिङहरुको उचाईमा राखिएको प्रावधान तथा जग्गा सम्बन्धि अन्य प्रावधानहरुलाई खुकुलो बनाउँदा अझै यसको मुल्य बढ्ने हो कि भन्ने चिन्ता समेत थपिएको छ। घर जग्गाको मूल्य बढ्ने निश्चित त छ तर सउलका मेयर ओ भने मूल्य बृध्दि यसकै कारण नहुने विश्वास राख्दछन।

प्रतिकृया दिनुहोस्