Monday, September 26

अनलाईनबाट कुर्सी मगाउँदा कोरियामा डेलिभरी भयो ग्राहकलाई मरेका ३ वटा मूसा

March 5, 2022 596

दक्षिण कोरियामा एउटा अनौठो र रोचक घटना घटेको छ। यहाँको एक प्रख्यात फर्निचर कम्पनीबाट ग्राहकले अनलाईनमार्फत कुर्सी मगाउँदा कुर्सि सँगै ४ वटा मरेका मूसा पनि डेलिभर भएको छ। आफूले मगाएको कुर्सीको बक्स खोलेर हेर्दा भित्र मूसा देखेपछि ग्राहक अचम्ममा परेका छन।

कोरियाको एक स्थानिय विश्वविध्यालयका प्रोफेसर समेत रहेका ग्राहकले जब आफूले मगाएको कुर्सीको बक्सा खोले तब त्यसभित्र ३ वटा मूसा देखेर छक्क परे। अनलाईनबाट उनले मगाएको कुर्सी मार्च २ तारिख उनको घरमा डेलिभर भएको थियो। एउटा मूसा कार्टुन बक्सको बिच भागमा तथा अन्य २ भने छेउतिर रहेका थिए।

उनले यस घटनाका बारेम कुर्सी बेच्ने कम्पनीलाई सम्पर्क गरी बुझ्दा कम्पनीले आफूहरुले कुर्शी कोरियामा नै नबनाई चीनबाट आयात गरेर बेच्ने गरेको र उक्त कुर्सीहरु गत जनवरी २० तारिख कोरिया ल्याइएको बताएको छ। चीनबाट आएका कुर्सीहरु आफ्नो गोदाममा राख्ने गरेको र कुर्सी प्याकिङ गर्दा कार्टुन भित्र मुसा छिरेको हुन सक्ने कम्पनीको अनुमान रहेको छ।

प्याकिङ गर्ने कर्मचारीले मूसा भित्र छिरेको थाहा नपाउँदा मुसा भित्रै थुनिएको हुन सक्ने अनुमान गरिएको छ। ग्राहकले भनेका छन आउँदा दिनहरुमा कम्पनीले गोदाम तथा सामान प्याकिङमा थप ध्यान देओस। उनका अुनसार कम्पनीले आफ्नो गुणस्तर तथा सेवामा अझ सुधार गरोस भनेर यस घटना आफूले कोरिया ग्राहाक केन्द्रमा समेत रिपोर्ट गरेको बताएका छन।

यता कुर्सी बिक्रेता कम्पनीले उक्त घटनाबाट ग्राहकलाई पर्न गएको असुविधा र क्षतिको लागि माफी माग्दै सम्पूर्ण क्षतिपूर्ति आफूले भर्ने बताएको छ। कम्पनीका अनुसार कुर्सी प्याकिङ भएको बक्समा कतै पनि मूसा छिर्ने प्वाल नदेखिएको हुँदा कर्मचारीहरुले कुर्सी प्याकिङ गरेकै बखतमा मूसा छिरेको हुन सक्ने अनुमान समेत गरेको छ।

प्रतिकृया दिनुहोस्