Saturday, May 21

कोरियाको भिजा मिलाइदिने भन्दै यसरी हुँदैछ ठगी

March 8, 2022 564

काठमाडौ : रोजगारीको लागी आकर्षक गन्तब्य मुलुक दक्षिण कोरियाको लागी भिसा मिलाइदिने भन्दै ठ’गिका घट’नाहरु सार्बजनिक हुन् थालेका छन् । सन २०१९ को डिसेम्बर देखि चिनको वुहाम प्रान्त बाट फैलिएको को’रोना भाइ’रसले बिश्वब्यापी रुपमा महामा’रीको रुप लिन थालेपछि दक्षिण कोरियाले पनि सन् २०२० को मार्च देखि विदेश बाट कामदार आपू’र्तिमा रोक लगाएको थियो । यो २ बर्षको अबधिमा छिटफुट रुपमा इपिएस कामदार भित्रिए पनि अन्य भिसाहरु भने सहज बनिसकेको छैन।

यसैबीच कोरियाको लागी भाषा परीक्षा तथा अन्य प्रक्रियाहरु पुरा गरि तयारीमा बसेका हजारौ नेपाली युवाहरु कोरिया अझै भित्रिन पाएका छैनन भने कतिपयको रोस्टर बाटै नाम लिस्ट हटिसकेको छ । लामो समय सम्म रोजगारीको प्रतिक्ष्यामा बसिरहदा आफ्नो नाम लिस्ट नै हटेपछी विक्षिप्त बनेका युवाहरु कोरिया प्रवेश गर्ने अन्य विकल्पहरु खोजिरहेको मौका छोपी बिभिन्न म्यानपावर तथा दलालहरुले पर्यटन तथा E-7 भिसा लगाइदिने भन्दै नेपाली युवाहरुबाट चर्को रकम असुली ठ’गि गर्न थालेका छन।

कोरियाले विदेश बाट आउने पर्यटक तथा कामदारको लागी भिसा नीति सहज नबनाइसकेको अबस्थामा पनि कोरिया प्रबेश गराइदिने भन्दै १५ लाख सम्म मागेको पि’डित युवाहरु बताउछन । इपिएस पि’डित रुपन्देहीका अर्जुन जिसीले काठमान्डौको एक म्यानपावरलाइ आज भन्दा डेढ बर्ष पहिला ५ लाख रुपिया बुझाएका रहेछन १ महिनामा भिसा लाग्ने र बाकि रकम १० लाख भिसा आइसकेपछि बुझाउने शर्तमा बुझाएको रकम हाल सम्म न त फिर्ता नै पाएका छन न त कोरियाको भिसा नै लागेको छ । यो बिचमा आफु सयौ पटक काठमाडौ धाएको बताउने उनि भन्छन ” कोरियाको चक्क’रमा समय र सम्पत्ति सबै गुमाइयो अब प्रहरीमा उजुरी गर्नुको विकल्प रहेन ” त्यसैगरी कोरियाको सियोलमा बस्ने एक नेपाली महिलाले आफ्नो नजिकको एकजना भाइलाई कोरिया बोलाउने चक्क’रमा नेपाली १० लाख डुबाएको बताउछिन कोरियाको आइडी प्राप्त गरेकी रिना क्षेत्रीले एकजना कोरियन द’लाललाइ १ बर्ष पहिला १० लाख नेपाली रुपिया बुझाएकी रहेछन ।

आज आज भोलि भोलि भन्दा भन्दै न त भिसा लगाइदिने न त पैसा नै फिर्ता दिने गर्न थालेपछि आफु ठगिएको बुझेर कोरियन प्रहरीमा उजु’री गरेको बताइन । हेल्लो नेपाल कोरिया डट कम संगको कुराकानीमा क्षेत्रीले भनिन ” नेपालीहरुले त ठगि गर्छन नै कोरियनले समेत यसरि ठग्दा रहेछन ” उनले अब आफु प्रमाण सहित कानुनी लडाइमा जाने बताइन । त्यसैगरी चितवनका मनु परियारको ब्याथा पनि उस्तै छ। कोरियामा पर्यटन भिसा लगाइदिन्छु भन्ने आस्वासन पाएपछि आफन्त मार्फत एकजना दलाललाइ बुझाएको ३ लाख रुपिया २ बर्ष बितिसक्दा पनि फिर्ता नपाएको बताए । यी त केहि प्रतिनिधि पात्र हुन ।

लामो समय देखि कोरियाको रोजगारी कुर्दा विक्षिप्त बनेका युवाहरुलाइ मौकाको फाइदा उठाउने ठेकेदारहरुको बिग’बिगी बढेको छ । हाल मौसमी कामदारको रुपमा कोरिया पठाईदिन्छु , ५ लाख बुझाए १ महिना भित्र कोरिया पु¥र्याइदिने भन्दै ठगि गर्नेहरुको संख्या समेत बढेको एक इपिएस पिडित नेपाली बताउछन । त्यसो त कोरियाले भने कोरो’नाको कारण बिगत २ बर्ष देखि रोकेका भिसहरु अझै सहज बनाइसकेको छैन । छिटफुट रुपमा केहि बिधार्थी र कामदारहरु भित्रिएपनि अन्य तरिकाले कोरिया प्रवेश पाएका छैनन। यसरी कोरियाले भिसा नीति सहज नबनाइसकेको अबस्थामा पनि कोरिया प्रवेश गराइदिन्छु भन्दै पैसा असुल्ने दलालहरुबाट सजक हुनु जरुरि छ । अन्यथा कोरियाको चक्करमा ठुलो रकम डुब्ने सम्भावना देखिन्छ । -हेल्लो नेपाल कोरिया बाट

प्रतिकृया दिनुहोस्