Monday, September 26

खोप लगाएका विदेशीलाई कोरियामा क्वारेन्टीन बस्नु नपर्ने नियम लागू हुन सक्ने, जानौं कहिलेबाट?

March 8, 2022 485

दक्षिण कोरियाले कोरोनाको पूरा मात्रा खोप लगाएका विदेशी नागरिकहरुलाई कोरिया प्रवेश गरेपछि क्वारेन्टिन बस्नुपर्ने नियमलाई संसोधन गर्ने तयारी गरेको छ। कोरिया रोग नियन्त्रण तथा रोकथाम एजेन्सी (केसिडिए) का डिरेक्टर जुङ युन ख्यङका अनुसार कोरिया सरकारले विदेशबाट खोपको पूरा मात्रा लगाई आएका विदेशीहरुलाई अहिले लागू भइरहेको ७ दिनको अनिवार्य क्वारेन्टिन बस्नु पर्ने नियमलाई हटाउने सोच बनाएको छ।

उनका अनुसार ‍ओमिक्रोन भेरियन्ट फैलिएको सुरुको अवस्थामा विदेशबाट कोरिया प्रवेश गरेकाहरुलाई क्वारेन्टिनमा राखेर भाइरस फैलनबाट जोगाउन गरिएको यो नियम प्रभावकारी भयो। तर अहिले केडिसिएले पाइलट प्रोजेक्टका रुपमा ‘एडभान्स अराइभल रिपोर्ट’ कार्यक्रम अगाडी बढाउने सोच बनाएको छ। यो सिस्टममा कोरिया आउनेहरुलाई विभिन्न किसिमको प्रश्नहरु सोधिने छ।

उनिहरुलाई कोरिया प्रवेश गर्नुअघि भ्रमण गरेका ठाउँहरु, खोप लगाएको रेकर्ड, रोग प्रतिरोधी क्षमता आदिका बारेमा प्रश्नहरु सोधिनेछन। रिस्कका आधारमा विदेशबाट कोरिया प्रवेश गर्नेहरुको व्यवस्थापन गर्ने तयारी कोरियाले गरेको छ। अहिले दक्षिण कोरिया प्रवेश गर्नुभन्दा अघि अनिवार्य रुपमा पिसिआर नेगेटिभ रिपोर्ट पेश गर्नुपर्ने तथा कोरिया प्रवेश गरेपछि ७ दिन अनिवार्य रुपमा क्वारेन्टिन बस्नुपर्ने नियम रहेको छ।

विभिन्न अवस्था हेरि बिदेशबाट कोरिया आउने हरुलाई क्वारेन्टिन छुट तथा पिसिआर रिपोर्ट पेश गर्नुनपर्ने सम्मको छुट दिन सक्ने गरि नयाँ ब्यवस्था लागू हुन सक्ने बताइएको छ। नयाँ योजनामा विदेशबाट आउनेहरु उनिहरु कुन देशबाट आएका हुन र त्यो देशमा कोरोनाको अवस्था कस्तो छ त्यो हेरेर समेत निर्णय लिन सकिने हुन सक्ने बताइएको छ।

अहिले विश्वका विभिन्न देशहरुले कोरोना संक्रमण घटेसँगै मास्क लगाउनपर्ने तथा क्वारेन्टिन बस्नुपर्ने नियमहरुलाई विस्तारै हटाउँदै लगिरहेका छन। ति देशहरु विस्तारै यस्ता नियमहरु हटाउँदै लगेका हुन। कोरियामा पनि केहि दिन यता संक्रमण उच्च विन्दुमा पुगेको र अहिले घट्न सुरु गरेको आँकलन गरी क्वारेन्टिनका नियमहरुलाई थप खुकुलो पार्दै लैजाने योजनामा कोरिया रहेको बुझिएको छ।

प्रतिकृया दिनुहोस्