Saturday, May 21

कोरियामा दैनिक संक्रमितले आज बनायो नयाँ रेकर्ड, थपिए आज यति धेरै संक्रमित

March 9, 2022 786

दक्षिण कोरियामा बुधबार दैनिक को’रोना संक्रमित संख्याले नयाँ रेक’र्ड बनाएको छ। बुधबार कोरियामा पहिलो पटक दैनिक सं’क्रमित संख्या ३ लाख नाघेको हो। कोरियाली जनताहरु आफ्नो नयाँ राष्ट्रपतिका लागि चुनाबमा भोट हाल्ने दिन नै यति धेरै संख्यामा सं’क्रमित थपिएका हुन। बुधबार कोरियामा राष्ट्रपतिको निर्वाचन भइरहेको छ।

कोरोनाको अति सं’क्रामक भेरियन्ट ‘ओमिक्रोन’ फै’लन थालेसँगै कोरियामा सं’क्रमितहरु तिब्र गतिमा बढिरहेका छन। बुधबार एकैदिन ३ लाख ४२ हजार ४ सय ४६ जनामा संक्रम’ण पुष्टि भएको छ। यो सँगै कोरियामा अहिले सम्म कुल ५२ लाख १२ हजार १ सय १८ जनामा संक्रम’ण पुष्टि भइसकेको कोरिया रो’ग नियन्त्रण तथा रोकथाम एजेन्सी ‘केडिसिए’ ले जानकारी दिएको छ।

यसअघि मंगलबार कोरियाको दैनिक सं’क्रमित संख्या २ लाख २ हजार ७ सय २१ मात्र रहेको थियो। यहाँको दैनिक सं’क्रमित संख्या २ लाख नाघेको केहि समय पछि नै ३ लाखको बिन्दू पनि पार गरेको छ। यस भन्दा अघिको दैनिक सं’क्रमित संख्याको उच्च रेकर्ड गत शुक्रबार रहेको थियो। शुक्रबार २ लाख ६६ हजार ८ सय ४७ जनामा सं’क्रम’ण पुष्टि भएको थियो।

बुधबारको सं’क्रमित सहित कोरियामा पहिलो पटक कुल संक्रमित संख्या ५० लाख नाघेको छ। दैनिक सं’क्रमित संख्यामा उच्च बृध्दि भएसँगै यसबाट सि’किस्त बि’रामी हुनेहरुको संख्या पनि दिनानु दिन बढिरहेको छ। बुधबार यस्तो संख्या १ हजार ८७ पुगेको छ जुन अघिल्लो दिन १ हजार ७ मात्रै रहेको थियो।

कोरियाका स्वास्थ बिज्ञहरुले मार्च १२ तिर यहाँको सं’क्रमित उच्च बिन्दुमा पुग्ने र त्यो उच्च बिन्दु भनेको ३ लाख ५४ हजारको आसपास हुन सक्ने अनुमान गरेका थिए। तर अहिलेको अवस्था लाई मूल्याङ्कन गर्ने हो भने दैनिक संक्रमित संख्याले त्यो बिन्दू पनि पार गर्ने देखिन्छ। संक्र’मण बढिरहेकै अवस्थामा आज दक्षिण कोरियालीहरु आफ्नो देशको नयाँ राष्ट्रपति चयन गर्नका लागि भोट हालिरहेका छन।

प्रतिकृया दिनुहोस्