Saturday, May 21

कोरियामा नयाँ राष्ट्रपतिका लागि आज चुनाव हुँदै, को होलान त नयाँ राष्ट्रपति?

March 9, 2022 367

दक्षिण कोरियामा आज नयाँ राष्ट्रपतिका लागि निर्वाचन हुँदेछ। आगामी ५ बर्षका लागि देश हाँक्ने राष्ट्रपतिका लागि कोरियनहरु आज विहानै देखि भोट हालिरहेका छन। आज हुने निर्वाचन दक्षिण कोरियाकै इतिहाँसमा उच्च प्रतिष्पर्धा हुन सक्ने अनुमान धेरैले गरेका छन।

त्यसैगरी गत २५ बर्ष यताकै सबैभन्दा धेरै मानिसहरु मतदानमा सहभागी हुन सक्ने अनुमान समेत गरिएको छ। आज हुने निर्वाचनमा कुल मतदाताको ८० प्रतिशतले मतदानमा भाग लिने आँकलन गरिएको छ। यसअघि शुक्रबार र शनिवार कोरियामा ‘अर्लि भोटिङ’ सम्पन्न भइसकेको छ जसमा ३६.९३ प्रतिशत मत खसिसकेको छ।

कोरियाको राष्ट्रिय निर्वाचन कमिसनका अनुसार आज भइरहेको २० औं राष्ट्रपतिय निर्वाचनमा कुल ४ करोड ४१ लाख ९७ हजार ६ सय ९२ जना मतदाता मतदानका लागि योग्य रहेका छन। यि मध्ये २ लाख २६ हजार १ सय ६२ जनाले कोरिया बाहिर विदेशबाट भोट हाल्नेछन। त्यसैगरी शुक्रबार र शनिवारको ‘अर्लि भोटिङ’ मा १ करोड ६३ लाख २३ हजार ६ सय २ जनाले मत खसालिसकेका छन।

कोरियाको निर्वाचन आयोगले देशभार ३ हजार ५ सय ६२ वटा मतदान केन्द्रको व्यवस्था मिलाएको छ। यो संख्या आज हुने निर्वाचनमा १४ हजार ४ सय ६४ पुग्नेछ। यि मतदान केन्द्रबाट मतदान समापन भएपछि २ सय ५१ वटा मत गणना केन्द्रमा लगिनेछ। मतदान गणना केन्द्रमा भोट गरिने कार्यक्रम राखिएको छ।

आज भइरहेको मतदान विहान ६ बजेबाट सुरु भएको हो भने साँझ ६ बजे सम्पन्न हुनेछ। तर कोभिडका बिरामीहरुलाई ६ बजेदेखि साँझ ७.३० बजेसम्म भोट हाल्ने व्यवस्था मिलाईएको छ। साँझ ७:३० बजेबाट मतगणना सुरु हुने कार्यक्रम छ। मतगणना कार्यक्रमको प्रत्यक्ष प्रसारण कोरियाका स्थानिय सन्चार संस्था केबिएस, एमबिसी तथा एसबिएसले गर्नेछन।

प्रतिकृया दिनुहोस्