Monday, September 26

ब्रेकिङ न्यूज, अब कोरिया प्रवेश गर्दा क्वारेन्टिन बस्नु नपर्ने, अरु केके भए निर्णय

March 11, 2022 1224

दक्षिण कोरियाले अब विदेशबाट कोरिया प्रवेश गर्नेहरुलाई क्वारेन्टिन बस्न नपर्ने नि’यम लागू गर्ने भएको छ। आउँदो मार्च २१ तारिखबाट यो नियम लागू हुने कोरियाली सन्चार माध्यमहरुले जनाएका छन। यस अघि कोरिया प्रवेश गर्नेहरुले अनिवार्य रुपमा क्वारे’न्टिन बस्नुपर्ने नि’यम रहेको थियो।

यस अघि कोरिया प्रवेश गर्ने सबैले अनिवार्य रुपमा ७ दिन क्वा’रेन्टिन बस्नु पर्दथ्यो। यो नियम परिवर्तन भएसँगै कोरिया प्रवेश सहज हुने विश्वास गरिएको छ। क्वारेन्टि’न बस्ने ठाउँकै अभावका कारण लामो समय देखि नेपाल लगायतका देशहरुबाट विदशी नागरिकहरु सहज रुपमा कोरिया उड्न पाइरहेका थिएनन।

तर विदेशमा को’रो’नाको पूर्ण मात्रा खो’प लगाएकाहरुले मात्रै क्वारेन्टि’न छुट पाउनेछन। खो’पको पूरा मात्रा नलगाएकाले भने यस्तो छुट पाउने छैनन। दक्षिण कोरियाको यो निर्णयले अब कोरिया बिस्तारै विदेशी आगवनलाई खुकुलो पार्दै जाने सोचमा रहेको बुझ्न सकिन्छ।

आउँदो २१ तारिखबाट लागू हुने यो नि’यम आएसँगै बर्षौंदेखि कोरिया प्रवेशको पर्खाईमा रहेका विदेशी मजदुरहरु खुशी भएका छन। दक्षिण कोरियाले नेपाल लगायत भियतनाम, बंगलादेश, श्रीलङ्का, म्यानमार लगायतका १६ वटा देशबाट इपिएस कामदार लैजाने गरेको छ।

को’रोनाका कारण सहज रुपमा कोरिया प्रवेश नपाउँदा नेपालबाट पनि कैयौं इपिएस भाषा पास गरेर उडानको प्रतिक्षमा रहेका छन। केहि समय अघिबाट बिस्तारै कामदार कोरिया जान थाले पनि प्रतिक्षामा रहेका कामदार धेरै भएका कारण कोरिया प्रवेश सहज भइसकेको छैन। तर अबको यो निर्णयले कोरिया प्रवेश छिटो हुने अपेक्षा सबैले गरेका छन।

प्रतिकृया दिनुहोस्