Saturday, May 21

खुल्यो कोरियन भाषा परीक्षा, हेरौं कहिलेबाट फाराम भर्ने?

March 14, 2022 4387

रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत चैत १४ गतेबाट कोरियाली भाषा परीक्षाका लागि आवेदन खुलेको छ। भाषा परीक्षाका लागि चैत १४ गतेदेखि २१ गतेसम्म आवेदन दर्ता गर्न सकिनेछ।

अठार वर्ष पूरा भई ३९ वर्ष ननाघेका नेपाली नागरिकले आवेदन गर्न सक्नेछन् । त्यसैगरी फौजदारी अभियोगमा अदालतबाट सजाय नपाएको, गणतन्त्र कोरियामा गई गैरकानूनी रुपमा बसोबास गरी कोरियाबाट फिर्ता नपठाइएको, नेपाल सरकारले अन्य मुलुकमा जान रोक नलगाएका र कोरियामा ई–९-ई–१० भिषामा दुई कार्यकाल वा पाँच वर्षभन्दा बढी नबसेका व्यक्तिले आवेदन गर्न सक्ने इपिएस कोरिया शाखाले जनाएको छ।

परीक्षा आवेदन फारम इपिएस कोरिया शाखाको वेबसाइटबाट भर्न सकिनेछ। यसपटक परिक्षा काठमाडौमा मात्र सन्चालन हुनेछ। आवेदकले फाराम भर्दा राहदानीमा फोटो भइएको रङ्गीन पृष्ठ स्क्यान गरी अपलोड गर्नुपर्नेछ ।

त्यसैगरी अनिवार्य रुपमा आफ्नो इमेल ठेगाना र मोबाइल नम्बर उल्लेख गर्नुपर्नेछ। कृषि तथा पशुपालतर्फको पहिलो चरणको नतिजा २०७९ जेठ १४ गते निकालिने छ भने दोश्रो चरणको नतिजा २०७९ असार २३ गते निकालिनेछ।

त्यसैगरी उत्पादन मूलक क्षेत्रतर्फको पहिलो चरणको नतिजा २०७९ भदौ १६ गते निकालिनेदछ भने दोस्रो चरणको नतिजा असोज २७ गते बिहिवार प्रकाशित गरिने छ।

प्रतिकृया दिनुहोस्