Saturday, September 25

कोरियामा २५ बर्षअघि नै मरेको गायककै स्वरमा नयाँ गित रेकर्ड

February 3, 2021 825

दक्षिण कोरियाले आर्टिफिसियल इन्टेलिजेन्स (AI) को प्रयोग गरि कोरियाका एक मरिसकेका चर्चित गायकको स्वर बनाएर उनैको स्वरमा एउटा गीत समेत रेकर्ड गरेको छ। यसको मतलब धेरै बर्ष अघि नै मरिसकेका गायककै स्वरमा अव नयाँ गित सुन्न सकिने भएको हो। यो प्रविधीको सफल प्रयोगसँगै अनेकौंं नैतिक प्रश्नहरु समेत खडा भएका छन्।

कोरियाका गायक किम ग्वाङ सक कुनै समयका चर्चित सुपरस्टार थिए। सन् १९९६ मै उनको मृत्यु भैसकेको हो। अब उनको मृत्यु भएको २५ बर्षपछि मानिसहरुले साउथ कोरियाको राष्ट्रिय टेलिभिजनमा उनको नयाँ गित सुन्न पाउनेछन्। किमका चर्चित गितहरुमा “A Letter From a Private”, “Song of My Life”, “In the Wilderness” आदि पर्दछन्।

दक्षिण कोरियाको राष्ट्रिय प्रशारण एसबिएस च्यानलले ‘शताब्दीको प्रतियोगिता : मानब vs AI’ नामको एक कार्यक्रम निर्माण गरेको छ जसमा मृतक गायकको नयाँ गित प्रसारण हुनेछ। यसरी AI को प्रयोग गरि नयाँ गित रेकर्ड गरिएको दक्षिण कोरियामा यो नै पहिलो पटक भने होईन। यो भन्दा पहिला सन् २०२० मा Mnet नामको एक म्युजिक च्यानलले एक अर्को मृतक गायकको गित AI प्रविधिबाट बनाई प्रशारण गरेको थियो जुन गायकको मृत्यु सन् २०१४ मै भैसकेको थियो।

प्रतिकृया दिनुहोस्