Saturday, September 25

भरखरै आइपिओ निकालेको इन्फ्रास्ट्रक्चर बैंकको खुद नाफा घट्यो

February 4, 2021 658

नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) ले चालु आर्थिक बर्षको दोश्रो त्रैमासिक प्रतिवेदन निकालेको छ। दोश्रो त्रैमासिक प्रतिवेदन अनुसार कम्पनीको खुद नाफामा अघिल्लो बर्षको यसै त्रैमासको तुलनामा खुद नाफामा गिरावट आएको छ। निफ्राको खुद नाफामा १२.५४ प्रतिशतले गिरावट आएको हो। गत बर्षको दोश्रो त्रैमाससम्मा ४० करोड २७ लाख कमाएको यस कम्पनीले यो बर्ष भने ३५ करोड २५ लाख मात्र कमाउन सकेको छ।
नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) को चुक्ता पूँजी १२ अर्ब रुपैयाँ रहेको छ भने यसको रिजर्भमा १ अर्ब ९४ करोड संचित छ। यस कम्पनीले ३२ अर्ब ४४ करोड निक्षेप संकलन गर्न सफल भएको छ भने ऋण तथा लगानी १ अर्ब ६१ करोड पुगेको छ। कम्पनीले करिब १२ अर्ब ४३ करोड रुपैयाँ बिभिन्न बैंक तथा वित्तिय संस्थाको खातामा राखेको छ।
कम्पनीको मुख्य आम्दानीको श्रोत खुद ब्याज आम्दानी करिब ८ प्रतिशतले घटेको छ। दोश्रो त्रैमाससम्मा खुद ब्याज आम्दानी ५६ करोड ९४ लाख रुपैयाँ छ। कम्पनीको संचालन आम्दानीमा समेत गिरावट आएको देखिन्छ। सन्चालन आम्दानी १२.३२ प्रतिशतले घटेर ३५ करोड २५ लाख रहन पुगेको छ।

नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) को प्रतिशेयर आम्दानी अर्थात इपिएस ५ रुपैयाँ ८७ पैसा कायम भएको छ भने प्रतिशेयर नेटवर्थ ११६ रुपैयाँ १९ पैसा रहेको छ।

यस कम्पनीले थत माघ २ गते देखि सर्वसाधारणका लागि ७ करोड ५८ लाख ४० हजार कित्ता आइपीओ खुलाएको थियो। इन्फ्रास्टक्चर बैंकको आईपिओमा १५ लाख भन्दा धेरै आवेदकको आवेदन परेको थियो। यो कुनैपनि कम्पनीको आईपीओका लागि परेको सबैभन्दा ठूलो रकमको आवेदन हो।

प्रतिकृया दिनुहोस्