Tuesday, June 22

कर कार्यालयमा ३ जनालाई चक्कु हानि एक कोरियनले गरे आ’त्म’हत्या

February 4, 2021 459

दक्षिण कोरियाको राजधानी सउलको एक कर कार्यालयमा ५० बर्षिय पुरुषले कार्यालयका ३ जना कर्मचारीलाई चक्कु प्रहार गरि सख्त घाइ’ते बनाइसकेपछि बिष सेवन गरि आ’त्म’हत्या गरेका छन्। बुधबारको यो घटना सउलको जामसिल कर कार्यालयमा घटेको थियो।

पूर्वि सउलको सोङपा प्रहरी चौकिका अनुसा नाम थर भएका एक ५० बर्षिय पुरुषले कर कार्यलयमा प्रवेश गरि कार्यालयमा काम गर्ने एक महिला तथा २ पुरुष कर्मचारीलाई चक्कू प्रहार गरेका थिए। यो घटना साँझ ५ बजेतिर घटेको हो। चक्कू प्रहार गरि घा’इते भएका कर्मचारीहरुलाई तुरुन्तै नजिकैको अस्पताल पुर्याइएको थियो। उनिहरुको अवस्था सामान्य रहेको बताइएको छ।

चक्कू प्रहार गरिसकेपछी ५० बर्षिय ति पुरुषले हतिया’रले आफैंलाई घा’इते बनाउन खोजेका थिए। आफैलाइ चक्कुले घाइते बनाइसकेपछि उनले बि’ष सेवन गरेका थिए। उनको अस्पताल लैजाँदै गर्दा बाटोमै मृ’त्यु भएको थियो। चक्कु प्रहारबाट उनि धेरै शख्त घाइते भएका थिएनन्। उनको बिष सेवनले मृ’त्यु भएको अस्पतालले पुष्टि गरेको छ।

घटनापछि पत्ता लागेको छ कि ति ब्यक्तिबाट आफ्नो ज्यान जोखिममा रहेको भनि गत डिसेम्बरमै कर कार्यलयमा काम गर्ने घाईते एक महिलाले प्रहरीमा निवेदन दिएकि थिइन। उनको निवेदन पछि प्रहरीले ति पुरुषलाई एउटा स्मार्ट घडी बाँधिदिएको थियो। जुन घडिले यदि ति ब्यक्तिले उक्त महिलाको नजिक गएमा स्वचालित रुपमा प्रहरीलाई सूचना दिने गर्दथ्यो। तर हिजो घटना भएको दिन ति ब्यक्तिले घडि लगाएका थिएनन्। प्रहरीले ति ५० बर्षिय पुरुष र घाइते महिला बिचको सम्बन्धका बारेमा छानबिन गरिरहेको बताइएको छ। छानबिन पछि ति पुरुषले यो हर्कत गर्नुको उदेश्य थाहा हुने प्रहरीले जनाएको छ।

प्रतिकृया दिनुहोस्