Tuesday, June 22

कोरियामा पहिलोपटक नेपाली पुस्तकालय खोलिने

February 4, 2021 535

विशुद्ध सेवा मुलक उद्य्श्यले खुलेको संस्था ‘सनातन साहित्य संगीत साधना’ को सहकार्यमा दक्षिण कोरियाको आन्सान शहरमा पुस्तकालय खुुुुुुल्ने भएको छ। यो पुस्तकालय जो कोहिले निसुल्क अध्यन गर्न सक्नेगरी कोरियाको महान चाड सल्नाल् देखीनै संचालनमा ल्याउने तयारीी भैरहेको छ।
तत्कालै प्रयाप्त मात्रामा नेपालदेखि पुस्तकहरु मगाउन केहि कठिनाइ देखिएको हुदा हालको निम्ति कोरियामा नै भएका पुस्तकहरु संकलन गरि ति पुस्तकहरुबाटै कामचालाउदै गरिने योजना भएको जानकारी गराईएको छ। सनातन साहित्य संगीत साधनाले कोरियामा भएका नेपालीहरुलाई यस पबित्र कार्यमा आफुसंग भएको पुस्तक संकलन गरेर पुस्तकालयलाइ सहयोग गरिदिनु हुन समेत अनुरोध गरेको छ।
पुस्तक संकलन ख्यङ्गीदोको आनसानमा गरिनेछ। 경기도 안산시 단원구 중앙대로 453, 3증 पुस्तक संकलन गरिने ठेगाना हो। यस कार्यमा सहभागी हुन तथा सहयोग गर्न श्याम खड्कालाई उहाँको मोबाईल नम्बर ०१०-२३८८-२९९७ मा सम्पर्क गर्न सकिनेछ।

प्रतिकृया दिनुहोस्