Saturday, September 25

ग्रीनलाइफ हाइड्रोपावरको आइपिओ आजबाट खुल्यो? कस्तो छ कम्पनी जान्नुस

February 5, 2021 1654

ग्रीनलाईफ हाइड्रोपावर लिमिटेडले साधारण सेयर (आइपिओ) माघ २३ गते अर्थात आजबाट खुलेको छ। आइपिओ निष्काशन गर्न सानिमा क्यापिटल लिमिटेड र ग्रीनलाईफ हाइड्रोपावर बीच शेयर रजिष्ट्रार सम्बन्धि सम्झौता यसअघि नै सम्पन्न भईसकेको थियो। उक्त सम्झौता पत्रमा ग्रीन लाईफ हाइड्रोपावर लिमिटेडको तर्फबाट याङचेन डोमा लामा र सानिमा क्यापिटल लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत भिष्म राज चालिसेले हस्ताक्षर गर्नुभएको थियो। कम्पनीको आइपिओमा २७ गतेसम्म आवेदन गर्न सकिनेछ। पर्याप्त आवेदन नपरेको खण्डमा आइपिओ भर्ने समय फागुन ७ सम्म हुनेछ।
यस कम्पनीले केहि समय पहिला स्थानिय आयोजना प्रभावितहरुका लागि सेयर बेचेको थियो। स्थानीय बासिन्दाको लागि खोलिएको सबै सेयर बिकेको थिएन। ग्रीनलाईफ हाइड्रोपावर लिमिटेडले १०० अंकित दरको १८ लाख कित्ता शेयर तथा स्थानीय बासिन्दाको लागि बिक्री खुल्ला गरिएको शेयरमध्ये बिक्री नभएका १६ लाख ९६ हजार ४०० कित्ता शेयर गरी जम्मा ३४ लाख ९६ हजार ४०० साधारण शेयर सर्वसाधारणमा निष्काशन गर्नको लागी नेपाल धितोपत्रबोर्डबाट माघ ४ गते स्वीकृती प्राप्त गरिसकेको थियो। ३४ लाख ९६ हजार ४०० कित्तामा सामुहिक लगानी कोष, कर्मचारी पनि समावेश छन्। ग्रीनलाईफले दोलखाको मार्बु गाविसमा ४० मेगावाटको खानिखोला जलविद्युत आयोजना निर्माण गरिरहेको छ।
कम्पनीको आइपिओमा आवेदनकर्ताले न्युनतम १० कित्ता तथा अधिकतम १ लाख कित्ताका लागि आवेदन गर्न सक्नेछन्। अहिले कम्पनीको चुक्ता पूँजी १ अर्ब ४४ करोड रहेको छ। स्थानिय प्रभावित जनता र सर्बसाधारणलाई आइपिओ बिक्री गरिसकेपछि कम्पनीको चुक्ता पूँजी १ अर्ब ८० करोड पुग्नेछ।

प्रतिकृया दिनुहोस्