Tuesday, September 28

कोरियाको चालु खाता २ बर्ष यताकै उच्च

February 6, 2021 594

दक्षिण कोरियाको चालु खाता सन् २०२० मा २ बर्षयताकै सबैभन्दा बढि रहन पुग्यो। कोरोना भाइरस महामारीका बिच पनि चालु खाता उच्च रहन सक्नुमा विशेष गरि कोरियन नागरिकहरुको विदेश भ्रमण नहुनु तथा बस्तु तथा सेवाको आयातमा गिरावट आउनु मुख्यको कारण हुन सक्दछ।

कोरियाको केन्द्रिय बैंक बैंक अफ कोरियाले शुक्रबार जारी गरेको आँकडाअनुसार चालु खाता सन २०२० मा ७५.२८ विलियन अमेरिकन डलर रहेको छ जुन अघिल्लो बर्ष भन्दा २६.१ प्रतिशत अर्थात १५.६ विलियन अमेरिकन डलरले बढेको हो।

यो बर्षको चालु खाता सन् २०१८ यताकै सबैभन्दा बढि हो। सन् २०१८ मा चालुखाता ७७.४६ विलियन अमेरिकन डलर रहेको थियो। यस बर्षको ७५.२८ विलियन डलरको चालु खाता कोरियाको केन्द्रिय बैंकले गत डिसेम्बरमा गरेको अनुमान भन्दा बढि हो। गत डिसेम्बरमा केन्द्रिय बैंकले चालु खाता सन् २०२० मा ६५ बिलियन अमेरिकन डलर हुनसक्ने प्रक्षेपण गरेको थियो।

सन २०२० मा दक्षिण कोरियाको निर्यात ७.२ प्रतिशतले घटेर ५१६.६ बिलियन डलर कायम भएको छ। निर्यातमा खासगरि पेट्रोकेमिकलमा सामानहरु, अटोमोबाइल्सका सामानहरु र स्टिल रहेको छ। अघिल्लो बर्षको तुलनामा पेट्रोकेमिकलका सामानहरुको निर्यात सबैभन्दा बढि ४०.३ प्रतिशतले घटेको छ भने अटोमोबाइल्सका सामानको निर्यात ११.९ प्रतिशत त्यसैगरि स्टिलको निर्यात १०.३ प्रतिशले घटेको छ।

निर्यात सँगसँगै कोरियाले गर्ने बस्तु तथा सेवाको आयात पनि घटेको देखिन्छ। आयात ८.८ प्रतिशतले घटेर ४३४.७ बिलियन डलरमा कायम भएको छ। चालु खाता उच्च हुनुमा बस्तु तथा सेवाको निर्यात भन्दा बढि आयात घट्नाले हुन आएको देखिन्छ। त्यसैगरी कोरोना भाइरस महामारीका कारण कच्चा तेलको खपत कम हुन जाँदा यसको आयातमा समेत उच्च गिरावट आएको देखिन्छ।

“कोरोना महामरीका बिच पनि ७५ बिलियन डलरको उच्च चालु खाता कायम गर्न सक्नु नै उच्च सफलता हो।” कोरियाको उप अर्थमन्त्री किम योङले भनेका छन्।

प्रतिकृया दिनुहोस्