Tuesday, June 22

कोरियामा कोरोना संक्रमण २ महिनायताकै सबैभन्दा कम, जनजिवन सामान्य बन्दै

February 8, 2021 456

दक्षिण कोरियामा सोमबार कोरोना भाइरस संक्रमण हुनेहरुको संख्या ३०० भन्दा मुनि झरेको छ। यो संख्या कोरियामा कोरोना संक्रमणको तश्रो लहर सुरु हुने बेला गत बर्षको नोभेम्बरदेखि कै सबैभन्दा कम हो। कोरोना भाइरसको संक्रमण कम हुँदै गएपछि कोरियामा जनजिवन केहि सहज हुँदै गइरहेको छ। यहाँको सरकारले राजधानी सउलभन्दा बाहिरका ठाउँहरुमा सामाजिक दूरीका नियमहरु खुकुलो पारेको छ।

गत २४ घण्टामा कोरियामा २८९ जना कोरोना संक्रमित थपिएका छन्। जसमध्ये २६४ जना स्थानिय संक्रमित हुन भने बाँकी विदेश बाट आएकाहरुमा पुष्टि भएको संक्रमण हो। कोरिया रोग नियन्त्रण तथा रोकथाम एजेन्सीका अनुसार सोमबारको २८९ जनासहित कोरियामा कुल संक्रमित संख्या ८१ हजार १८५ पुगेको छ।

सोमबारको संक्रमित संख्या गत नोभेम्बर २३ तारिखपछिको सबैभन्दा कम हो। गत नोभेम्बरबाट कोरियामा कोरोना संक्रमणको तश्रो लहर सुरु भएको थियो। त्यस यता दैनिक संक्रमित संख्या बढ्न थालेको थियो। सोमबार कोरियामा थप ३ जनाको कोरोनाबाट ज्याऽन गएको छ। यो संगै कोरोनाबाट म,र्नेहरुको कुल संख्या १ हजार ४ सय ७४ पुगेको छ।

गत महिनाबाट दैनिक संक्रमित संख्या ३०० देखि ४०० को हाराहारीमा थियो। क्रिश्चियन मिशनरी ग्रुपले सन्चालन गरेका अबैधानिक स्कुलहरुमा सामूहिक संक्रमण पुष्टि भएपछि कोरियामा संक्रमितको संख्या बढेको थियो। खासगरि कोरियाको दक्षिण पश्चित तथा मध्य क्षेत्रमा यस्ता स्कुलहरु सन्चालनमा छन्।

गत डिसेम्बर २५ मा तेश्रो लहरको सबैभन्दा धेरै एकैदिन १ हजार २ सय ४१ जनामा कोरोना पुष्टि भएपछि त्यसपछिका दिनमा संक्रमण घट्दै गएको थियो।  कोरियाले अहिले रेष्टुरेन्टहरुलाई राति ९ बजेपछि सन्चालनमा रोक लगाएको छ। राजधानी सउल र त्यससँग जोडिएका सहरहरुमा सामाजिक दूरीको लेभल २.५ लागू गरिएको छ भने त्यस बाहिरका क्षेत्रमा लेभल २ लागु छ। नियमहरु कडाइ गरिएको भनि कोरियाका साना तथा मझौला ब्यवसायीहरुले तिब्र बिरोध गरिरहेका छन्।

सोमबारबाट सउल बाहिरका होटल, रेष्टुरेन्ट, बार, फिटनेश क्लबहरुलाई थप १ घण्टा सन्चालन गर्न दिइने भएको छ। यसअघि रातको ९ बजेसम्म मात्र खुल्न पाउने यि ब्यवसायहरु अब भने रातको १० बजेसम्म सन्चालन हुन पाउनेछन्। तर सउलभित्र भने ९ बजेसम्म कै नियम लागू हुने बताइएको छ। यहि बिहिबार बाट शनिवारसम्म कोरियाको नयाँ बर्षको छुट्टिमा भने कोरोना फैलन सक्ने आसंकामा निगरानी बढाइएको छ। यस नयाँ बर्षमा कोरियन तथा विदेशीहरु बढि हिँडडुल गर्ने तथा जमघट गर्ने हुँदा जोखिम उच्चहुने बताइएको छ।

सामाजिक दूरीका अन्य नियमहरु अर्को आइतबारसम्मका लागि सबैलाई पालना गर्नका लागि अनुरोध गरिएको छ। जसमा ५ जना वा सोभन्दा बढि मानिसहरु जमघट नहुन भनिएको छ। हिँडडुल गर्दा सामाजिक दूरी कायम गर्न भनिएको छ।

प्रतिकृया दिनुहोस्