Tuesday, September 28

बर्ड फ्लु लागेका पन्छि नष्ट गर्ने काम रोक्न कोरियाका पशु अधिकारकर्मीहरुको माग

February 8, 2021 639

दक्षिण कोरियामा केहि समय यताबाट  बर्ड फ्लु फैलिरहेको छ। कोरियामा केहि समय यता ८७ वटा फार्महरुमा बर्ड फ्लु भेटिएका छन्। बर्ड फ्लुका कारण यहाँ कखुरा, हाँस जस्ता पोल्ट्रि जन्य कुराहरुको मूल्य बढेको छ। एकदमै छिटो फैलन सक्ने यो रोग रोकथामका लागि सरकारले रोग भेटिएको क्षेत्रका कुखुरा तथा हाँसहरु नष्ट गर्ने गरेको छ। बर्ड फ्लु लागेका पशुपन्छि नष्ट गर्ने सरकारको कदमको त्यहाँका पशु अधिकारकर्मीहरुले बिरोध गरिरहेका छन्।

रोग लागेका पसुपन्छि नष्ट गर्ने काम पशु तथा पन्छिको अधिकारको हनन भएको उनिहरुको भनाइ रहेको छ। पशु अधिकारकर्मीहरुले बर्ड फ्लु लागेका पशुपन्छिहरुलाई नष्ट गर्नुको सट्टामा रोगको भ्याक्सिन तथा अन्य उपचार बिधि अपनाउनुपर्ने उनिहरुको माग रहेको छ।

बर्ड फ्लु भेटिएको ठाउँबाट ३ किलोमिटर वरपर सम्मका सबै हाँस कुखुरा नष्ट गर्ने कोरियन सरकारको निती रहेको छ। रोग फैलिन नदिनका लागि यसो गरिएको हो। अहिले फैलिरहेको बर्ड फ्लुमा कोरियाले करिब २ करोड ६० लाख हाँस तथा कुखरा नष्ट गरिसकेको छ। केहि दिन अघि छुङछनबुक्दोको ग्वेसानमा बर्ड फ्लु भेटिएको थियो। यो रोग पुष्टि भएको उक्त फार्ममा करिब १५ हजार हाँस पालिएको थियो। जंगली चराहरुमा समेत बर्डु फ्लु भेटिएको छ। कोरियमा जंगली चराचुरुङ्गीमा बर्ड फ्लु भेटिएको केश १६३ पुगिसकेको छ।

ख्यङ्गीदो प्रदेशमा मात्रै करिब २ करोड ६० लाख हाँस तथा कुखुरा नष्ट गरिसकिएको छ। त्यहाँका ८३ वटा फार्ममा बर्ड फ्लु पुष्टि भएको थियो। नष्ट गरिएका २ करोड ६० लाख हाँस कुखुरामध्ये करिब ६१ प्रतिशत अर्थात् ४ करोड २४ लाख रोग नलागेका पसुपन्छि नष्ट गरिएको हो। बर्ड फ्लु नफैलियोस भन्नका लागि यि रोग नलागेकाहरुलाई नष्ट गरिएको हो।

यसभन्दा अघिपनि दक्षिण कोरियामा पटक पटक बर्डु फ्लु फैलिएको थियो। यस भन्दा अघिल्लो लहरमा ३४० वटा पोल्ट्री फार्महरुमा यो रोग भेटिएको थियो। अघिल्लो बर्ड फ्लुको लहर सन २०१६ को अक्टोबर देखि सन् २०१७ को फेब्रुअरीसम्म फैलिएको थियो।

पशुपन्छि अधिकारकर्मीहरु तथा भेटेनरी संगठनहरुले सरकारको रोग नियन्त्रण गर्न पशुपन्छि नष्ट गर्ने कार्य नै उत्तम विकल्प नभएकाले अन्य उपायहरु अपनाउन माग गरेका छन्।  पशु अधिकारका बिषयमा काम गर्ने ४५ वटा संस्थाहरुले गत महिना एक प्रेश मिटको आयोजना गरि सन् २००३ मा पहिलो पटक बर्ड फ्लु भेटिएयता करिब १ अर्बको संख्यामा हाँस कखुराहरु माटोमा गाडिएको बताएको छ।

कोरिया पशु अधिकार एसोसियसनका प्रमुख लि वन बोकले भनेका छन् -“बैज्ञानिका आधारमा हेर्ने हो भने बर्ड फ्लु लागेकालाई मात्र नष्ट गर्नुपर्ने हो। यो रोगको निधानका लागि भ्याकसिन तथा उपचार बिधी अपनाउनुपर्ने हुन्छ। अहिले कोरोनाका लागि भ्याक्सिन नै विकल्प भएजस्तै बर्ड फ्लु नियन्त्रणका लागि पनि भ्याकसिन नै उत्तम विकल्प हो।”

प्रतिकृया दिनुहोस्