Saturday, September 25

इन्फिनिटी लघुवित्तले नेपाल एग्रोलाई गाभ्ने

February 9, 2021 734

इन्फिनिटी लघुवित्त वित्तीय संस्थाले नेपाल एग्रो लघुवित्त वित्तीय संस्थालाइ गाभ्ने भएको छ। कास्की जिल्ला पोखरा महानगरपालिका वडा नं १८, विन्ध्यावासिनीमा केन्द्रिय कार्यालय रहेको नेपाल एग्रो लघुवित्त १० जिल्ला कार्यक्षेत्र भएको लघुवित्त वित्तिय संस्था हो।

इन्फिनिटीले नेपाल एग्रोलाई गाभ्ने सम्झौता माघ २६ गते अपरान्ह ६ बजे भएको हो।

इन्फिनिटी लघुवित्तको तर्फबाट बलराम विष्ट र नेपाल एग्रोको तर्फबाट विवेक श्रेष्ठले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्। इन्फिनिटि लघुवित्तले प्राप्ति गर्ने सम्झौता गरेसँगै नेपाल एग्रो लघुवित्तको नेपाल स्टक एक्सचेञ्जमा शेयर कारोबार रोक्का भइसकेको छ।

प्रतिकृया दिनुहोस्