Thursday, June 24

करिब १० लाखको हात रित्तो हुने ग्रिनलाइफ हाइड्रोमा कतिले गरे आवेदन?

February 9, 2021 884

ग्रीनलाइफ हाइड्रोपावर कम्पनी लिमिटेडले माघ २३ गतेबाट निष्काशन गरेको आईपिओमा १३ लाखभन्दा बढी आवेदकले आवेदन दिएका छन्। आवेदन दिने आज अन्तिम दिन थियो। आज अन्तिम दिन आज साँझ ५ बजेसम्ममा यस कम्पनीको आईपिओमा १३ लाख ३७ हजार ९ सय ४२ आवेदकले २ करोड ३९ लाख ७६ हजार ६ सय कित्ताको लागि आवेदन दिएका छन्।  यो माग गरिएको भन्दा ७.३७ गुणा बढी हो।

कम्पनीले माघ २३ देखि  प्रति कित्ता एक सय रुपैयाँका दरले ३४ लाख ९६ हजार ४ सय कित्ता साधारण शेयर बिक्रिमा राखेको थियो। कम्पनीले आयोजना प्रभावित दोलखाका स्थानीयहरुलाइ निष्काशन गर्दा बिक्रि नभएको १६ लाख ९६ हजार ४०० कित्ता सहित गरि कम्पनीले कुल ३४ लाख ९६ हजार ४ सय कित्ता आइपीओ बिक्रि खुला गरेको हो।

यस कम्पनीले केहि समय पहिला स्थानिय आयोजना प्रभावितहरुका लागि सेयर बेचेको थियो। स्थानीय बासिन्दाको लागि खोलिएको सबै सेयर बिकेको थिएन। स्थानियका लागि खोलिएको सेयरमध्ये ९४ प्रतिशत सेयर बिक्री भएको थिएन। १ हजार २१६ जना स्थानियले मात्र आइपिओ किनेका थिए।

ग्रीनलाईफ हाइड्रोपावर लिमिटेडले १०० अंकित दरको १८ लाख कित्ता शेयर तथा स्थानीय बासिन्दाको लागि बिक्री खुल्ला गरिएको शेयरमध्ये बिक्री नभएका १६ लाख ९६ हजार ४०० कित्ता शेयर गरी जम्मा ३४ लाख ९६ हजार ४०० साधारण शेयर सर्वसाधारणका लागि अहिले बिक्री खुल्ला भइरहेको छ। ३४ लाख ९६ हजार ४०० कित्तामा सामुहिक लगानी कोष, कर्मचारी पनि समावेश छन्। कम्पनीमा काम गर्ने कर्मचारीहरुका लागि ६९ हजार ९२८ कित्ता छुट्याइएको छ भने म्युचुअल फण्डहरुका लागि १ लाख ७४ हजार ८२० कित्ता छुट्याइएको छ। बाँकी रहेको ३२ लाख ५१ हजार ६५२ कित्ता भने सर्वसाधारणले पाउनेछन्। ग्रीनलाईफले दोलखाको मार्बु गाविसमा ४० मेगावाटको खानिखोला जलबिध्युत आयोजना निर्माण गरिरहेको छ।

माग भन्दा बढीको आवेदन परेकोले कम्पनीको आईपिओ गोलाप्रथाबाट ३ लाख २५ हजार १ सय ६५ जनाले मात्र १०/१० कित्ता शेयर पाउने छन्। यस हिसाबमा करिब १० लाख आवेदक हात खाली हुने देखिन्छ।  यद्यपि आवेदन भेरिफाई भईनसकेकोले यो संख्या केहि तलमाथि हुन सक्ने छ।

प्रतिकृया दिनुहोस्