Tuesday, September 28

बुटवल पावर कम्पनीको खुद नाफा किन घट्यो करिब ८४ प्रतिशतले?

February 10, 2021 636

बुटवल पावर कम्पनी लिमिटेड (BPCL) ले खुद नाफा ८३.८९ प्रतिशतले घटेको रिपोर्ट निकालेको छ। कम्पनीले निकालेको चालु आर्थिक बर्षको दोश्रो त्रैमाससम्ममा खुद नाफा घटेर १३ करोड ८३ लाखमा झरेको छ। अघिल्लो बर्षको यसै त्रैमाससम्मा कम्पनीको खुद नाफा ८५ करोड ८६ लाख रुपैयाँ रहेको थियो।

बुटवल पावर कम्पनी लिमिटेडले यो त्रैमाससम्मा ३९ कोड ३ लाख रुपैयाँ बराबरको बिध्युत बिक्री गरेको छ भने अन्य श्रोतबाट ४ करोड १० लाख रुपैयाँ आम्दानी गरेको छ। यस कम्पनीको रिजर्भमा ३ अर्ब ९२ करोड रुपैयाँ छ भने कम्पनीको चुक्ता पूँजी २ अर्ब ९५ करोड रहेको छ।

कम्पनीले बताएअनुसार यो त्रैमासमा खुद नाफामा उच्च गिरावट आउनुको मुख्य कारण यस कम्पनीले लगानी गरेको हिमाल पावरबाट आउनुपर्ने लाभांश आउनमा ढिलाइ हुनु हो। हिमाल पावर कम्पनीले बार्षिक साधारणसभा गरि लाभांश पारित गर्न ढिलाइ गरिरहेका कारण यस कम्पनीले त्यहाँबाट पाउनुपर्ने नगद पाइरहेको छैन जसका कारण खुद नाफामा उच्च गिरावट देखिएको हो। हिमाल पावरबाट बुटवल पावर कम्पनीले तेश्रो त्रैमासमा नगद लाभांश पाउने जस्तो देखिन्छ। तर हिमाल पावरको ५० प्रतिशत स्वामित्व नेपाल सरकारले हुन भएपछि त्यहाँबाट आउने नगद लाभांश घट्न जाँदा वुटवल पावर लिमिटेडको खुद नाफामा असर पर्ने सक्ने अनुमान लगाउन सकिन्छ।

बुटवल पावर कम्पनी लिमिटेडले लगानी गरेको न्यादी हाइड्रोपावर प्रोजेक्ट ९५ प्रतिशत पूरा भएको छ। यो प्रोजेक्ट ३० मेगावाट क्षमताको हो। त्यसैगरी बुटवल पावरले १४० मेगावाट क्षमताको तल्लो मनाङ मर्स्याङ्दी हाइड्रोपावर बनाउनका लागि अनुमति पाइसकेको छ। यो आयोजना चिनियाँ लगानीकर्ताहरुसँग मिलेर बनाउनका लागि बुटवल पावरले तयारी गरिरहेको छ। ३२७ मेगावाट क्षमताको अर्को अप्पर मर्स्याङ्दी २ आयोजना समेत बुटवल पावरको अधिनमा छ।

कम्पनीले निकालेको दोश्रो त्रैमासिक रिपोर्टअनुसार प्रतिशेयार आम्दानी ९ रुपैयाँ ३८ पैसा रहेको छ भने प्रति शेयर नेटवर्थ २३३ रुपैयाँ ९ पैसा छ। त्यसैगरि पिइ रेसियो ४३.८२ गुणा रहेको देखिन्छ।

प्रतिकृया दिनुहोस्