दक्षिण कोरियाको औषधि सुरक्षा एजेन्सीले बुधबार एस्ट्राजेनेका कम्पनीले उत्पादन गरेको कोरोना भाइरस बिरुध्दको खोपलाई प्रयोगका लागि अनुमति दिएको छ। यो अनुमति ६५ बर्षभन्दा माथिका बुढापाकाहरु तथा सबै युवाहरुमा समेत हो। अहिले एस्ट्राजेनेका कम्पनीले उत्पादन गरेको कोरोना भाइरस बिरुध्दको खोपको प्रभावकारिताको बारेमा प्रश्न उठिरहेको छ।
कोरियाको खाध्य तथा औषधि मन्त्रालयले अन्तिम रिभ्यु मिटिङमा बेलायत-स्विडेन औषधि कम्पनी र अक्सफोर्ड विश्वबिध्यालयले बनाएको एस्ट्राजेनेका खोपलाई प्रयोग गर्न अनुमति दिएको हो। १८ बर्षभन्दा माथिका ब्यक्तिमा भइरहेको तेश्रो चरणको क्लिनिकल ट्रायलको रिपोर्ट डाटा उपलब्ध गराउन यो खोप बनाउने कम्पनीले प्रतिबध्दता जनाएपछि कोरियाले यस कम्पनीको खोपलाई प्रयोग अनुमति दिएको हो।
६५ बर्षभन्दा माथि उमेर भएकाहरुमा यस खोपको प्रभावकारिता सम्बन्धि डाटा पर्याप्त नभएको भनि छुट्टै रिभ्यु प्यानलले भनेपछि कोरियाको खाध्य तथा स्वास्थ मन्त्रालयले ६५ बर्षभन्दा माथिका लाइ यो खोप लगाउने कुरामा सावधानी अपनाउने बताएको छ। जेष्ठ मानिसहरूमा हुने प्रभावकारिताका विषयमा अक्सफर्ड/एस्ट्राजेनेका खोपको ‘अपर्याप्त तथ्याङ्क’ रहेको भन्दै त्यस्तो बताएको हो।
एस्ट्राजेनेकाले यसको खोप कोरियामा फेब्रुअरी २४ मा पहिलो लट डेलिभरि गर्दैछ। कोरियाले फेब्रुअरीको २६ बाट खोप कार्यक्रम सुरु गर्ने बताइएको छ।
प्रतिकृया दिनुहोस्