Thursday, June 30

कोरियामा सामाजिक दूरी कायम नगरी रक्सी पार्टि गर्ने प्रहरी उच्च अधिकारीहरु कारबाहीमा

February 11, 2021 845

दक्षिण कोरियामा कोरोना भाइरसका कारण सामाजिक दूरी कायम गर्नुपर्ने नियम उल्लङ्घन गरेको आरोपमा त्यहाँका केहि प्रहरी उच्च अधिकारीहरु कारबाहीमा परेका छन्। उनिहरुले सामाजिक दूरीलाई ख्याल नगरी एक अपार्टमेन्ट कम्प्लेक्समा भेला भइ रक्सी पार्टी गरेका थिए।

यो महामारीमा कोरियाले ५ जना वा सो भन्दा बढि मानिसको जमघटमा रोक लगाएको थियो। तर छुङछनबुक्दो प्रदेशमा सोमबार केहि प्रहरी उच्च अधिकारीहरुले यो नियम उल्लङ्घन गर्दै भेला भएका थिए। सेजोङ क्षेत्रको जोछिवन गाउँको एक अपार्टमेन्टमा माथिल्लो तल्लाबाट हल्ला आएको भनि प्रहरीमा उजुरी आएपछि उनिहरुको पोल खुलेको थियो। उजुरीका आधारमा प्रहरी उक्त स्थानमा पुग्दा रक्सी पार्टि गरी हल्ला गर्नेहरु प्रहरीकै अधिकृतहरु भएको खुलासा भएको छ।

तर उनिहरु डिउटीको समयमा रक्सी पार्टिमा नभएको बुझिएको छ। पक्राउ परेका प्रहरी अधिकृतहरुले भनेका छन उनिहरु आफ्ना केहि सहकर्मी साथिहरुको प्रमोशन भएको खुशियालीमा उक्त रक्सी पार्टि गरिरहेका थिए।

छुङछङबुक्दो प्रदेशले गत डिसेम्बर २४ बाटै ५ वा सोभन्दा बढिको जमघटमा रोक लगाएको थियो। यो नियमको उल्लङघन गर्नेले जनही १ लाख कोरियन वन जरिवाना तिर्नुपर्ने हुन्छ।

प्रतिकृया दिनुहोस्