Friday, June 25

सनराइज बैंकसँग ब्रेकअप गरेेेको सृजना फाइनान्सलाई सिटिजन्स बैंकले भित्र्याउने

February 10, 2021 385

सिटिजन्स बैंक इन्टरनेशनल (CZBIL) ले सृजना फाइनान्स लिमिटेडलाई गाभ्ने भएको छ। यसअघि सनराइज बैंकले गाभ्ने भनि प्रारम्भिक सहमति भएपनि एकाएक त्यो सहमति तोडिएको थियो।

केहि महिना अघि नै सनराइज बैंकले प्राप्ति गर्ने भनि प्रारम्भिक सहमति जुटेपछि नेपाल स्टक एक्सचेन्जमा सृजना फाइनान्स लिमिटेडको कारोबार रोक्का रहेको छ। आज सिटिजन्स बैंक लिमिटेडले एक बिज्ञप्ति निकाल्दै सृजना फाइनान्सलाई प्राप्ति गर्न लागिएको खुलासा गरेको छ।

माघ २८ गते यि दुई कम्पनीहरु बिच सम्झौतापत्रमा हस्ताक्षर भएको हो। सृजना फाइनान्स लिमिटेड भानु टोल वडा नं. ९, बिराटनगर मा केन्द्रिय कार्यालय भएको ‘ग’ बर्गको बित्तिय संस्था हो। सिटिजन्स बैंक लिमिटेड भने नारायणहिटी काठमाण्डौमा केन्द्रिय कार्यालय रहेको ‘क’ बर्गको बैंक हो।

प्रतिकृया दिनुहोस्