कोरियाको ब्यापारीक घराना सिनसेग्येको फाष्ट फुड चेन ‘नो ब्राण्ड बर्गर’ को गेटमा मानिसहरु खाना अर्डर तथा पैसा तिर्नका लागि लाईनमा बस्छन्। अर्डर र पैसा भुक्तानी अटोमेटिक छ। त्यहाँ कोहि मानिस छैनन्। एटिएम आकारकै मेशिन छ, अर्डर र पेमेण्ट त्यहिँबाट हुन्छ।
जब खानाको अर्डर र पैसा भुक्तानी हुन्छ, किचनमा एउटा मेशिन स्वचालित रुपमा अर्डर गरिएको खानेकुरा पकाउन सुरु गर्दछ। पकाउने काममा कोहि मानिस संग्लग्न हुँदैनन। बरु केहि मानिसहरु पाकेर रेडि भएको खानेकुरा ग्राहाकसम्म पुर्याउन मेशिनहरुलाई मदत भने गर्दछन्। जब ग्राहाकले खानेकुराको अर्डर गर्दछन् उक्त अर्डर रोबोटको सर्भरमा पुग्दछ। रोबोटले अर्डर बुझेर खाना तयार गर्न लाग्दछ। जब खाना तयार गर्दछ ग्राहकलाई स्वचालित रुपमै जानकारी जान्छ। ग्राहकले खाना तयार भएको खबर पाउनेछन्।
यसरी धेरै कुरा स्वचालित रुपमा रोबोटहरुले गरेपनि केहि कुराहरुमा भने मानिस नै संग्लग्न हुन्छन्। तर यहाँ ग्राहकले खानेकुरा मानिसको संग्लग्नताबिना नै पाउछन्।
केहि बर्ष अगाडी यस्तो कुराहरु सोचभन्दा बाहिरको थियो। रोबोटहरुले खाना पकाउने, ग्राहकलाई दिने कुराहरु केहि फिल्महरुका सिनमा मात्र देखिन्थ्यो। यी कुराहरु वास्तविक जिवनमा असम्भवप्राय थियो। अटोमेटिक रोबोटले पकाउने कुरा कोरियामा पनि नयाँ हो। जहाँ कहिँ यस्तो थिएन। जब कोरोना भाईरस महामारी फैलियो धेरै रेष्टुरेन्टहरुले मानिस बिनाको अटोमेटिक किचनको सोच बनाए। यस्तो सिस्टममा संक्रमणको जोखिम पनि नहुने तथा लागत पनि कम पर्ने भयो।
कोरियाको प्रसिध्द डेलिभरी कम्पनी ओवा ब्रदर्सले गत बर्षको अक्टोबर महिनामै १८६ वटा रेष्टुरेन्टहरुमा २४१ वटा सर्भ गर्ने रोबोट राखेको थियो। ‘खानाका प्लेटहरु बोकेर रोबोटहरु हिँडेको देख्दा अचम्म लाग्छ। अझै पनि खाना अर्डर आफैंले गर्नुपर्दछ। यो महामारीका बेला रोबोटको प्रयोगले मानिसहरुको भिडभाड कम गराई रोग फैलन नदिन ठूलो काम गर्यो।’ रेष्टुरेन्टका एक ग्राहकले भनेका छन्।
केटी, हुण्डाई रोबोटिक्स, अनि मन्थ्ली किचेन, एक स्टार्टअप कम्पनी मिलेर हाल एक साझा किचेन प्रयोग गरिरहेका छन्। उनिहरुले उक्त साझा किचेनलाई रोबोट प्रयोग गरि सबै अटोमेटिक बनाउने सम्झौता गरेका छन्।
प्रतिकृया दिनुहोस्