Saturday, September 25

चन्द्रागिरी भन्दै छ्याङ्दीको सेयर भकाभक किन्दै

February 13, 2021 602

भर्खरै आइपीओ निष्कासन गरेर दोस्रो बजारमा कारोबार सुरु भएको चन्द्रागिरी हिल्स (सीजीएच) र छ्याङदी हाइड्रोपावर (सीएचएल) को सेयर कारोबारमा लगानीकर्ताहरु अलमलमा परेकाे पाइएकाे छ ।

चन्द्रागिरीकाे भन्दै छ्याङ्दि हाइड्राेपावरकाे शेयर किनबेच भएपछि छ्याङ्दिकाे शेयरमूल्यमा सकारात्मक सर्किट नै लाग्याे। चन्द्रागिरी र छ्याङ्दिकाे शर्टकाेड थाहा नपाएकाे कारण कतिपयले आक्राेश पाेखेभने कतिपय लाजले चुप लागेर बसे।

यता चन्द्रागिरीकाे शेयरमा माग चाप भने उत्तिकै रहेकाे छ। नयाँ लगानीकर्ताकाे प्रवेश र आवश्यक प्राविधिक ज्ञानकाे कमिले यस्ताे हुन गएकाे सर्वसाधारणकाे भनाइ छ।

पछिल्लाे समय नेपाली शेयर बजारमा लगानीकर्ताहरू बढेसँगै प्राविधिक पक्षमा पनि चेतना फैल्याउनु पर्ने देखिएकाे छ।

प्रतिकृया दिनुहोस्