Friday, June 25

केहि रकम दान गरेमा देश निकाला हुन लागेका विदेशीले कोरियामै बस्न पाउने

February 14, 2021 816

दक्षिण कोरियामा देश निकालाको निर्णय सुनाइएका विदेशीहरुले निश्चित रकम दान गरेमा बैधानिक रुपमा कोरियामै बस्न पाउने नियम आउन लागेको छ। त्यहाँको न्याय मन्त्रालयले भनेको छ अब सामान्य नियम कानून उल्लङ्घन गरि कोरिया छाड्न भनिएका विदेशी नागरिकहरुले तोकिएको रकम दान गरेमा कोरिया छाड्न नपर्ने तथा आफ्नो बैधानिक कोरिया बसाइलाई निरन्तरता दिन सक्ने गरि कानून ल्याउन लागिएको छ।

कोरियाको न्याय मन्त्रालयले तयार गरेको रिसर्ज पेपरअनुसार कोरियामा साना साना गल्ति तथा दण्ड जरिवाना पाएका विदेशीले देश निकालासम्मको सजाय भोग्नुपर्ने अहिलेको नियममा छ। अहिलेको अध्यागमन नियममा स साना गल्ति, कमजोरी ले गर्दा नै देश छाड्न पर्न सक्ने हुन सक्दछ। त्यसकारण अहिलेको अध्यागमन कानूनलाई परिमार्जन गरि केहि खुकुलो बनाउन लागिएको हो।

सरकारले नयाँ कानूनमा ‘आर्थिक योगदान’ को धारणा अघि सारेको छ। यो अबधारणाले कोरियामा गल्ति गरि दण्ड सजाय भोगेका विदेशीहरुलाई अर्को एक मौका मिल्नेछ। दण्ड सजाय भोग्ने बितिकै देश निकाला हुनु पर्ने बाध्यता हट्नेछ। तर यो सुविधाका लागि त्यहि गल्ति दोहोर्याउन सक्ने सम्भावना कम भएका, राम्रै जिवन यापन गरिरहेकाहरुले यो सुविधा पाउनेछन्।

यो आर्थिक दान बढिमा १ करोड वनसम्मको हुनेछ। न्याय मन्त्रालयले तयार गरेको रिसर्च पेपरअनुसार यसरी जम्मा हुने आर्थिक दानको रकम कानून तथा नियम पालना गराउने सम्बन्धी कार्यक्रमहरुमा खर्च गरिनेछ। यो रकम विदेशीहरुलाई कोरियामा घुलमिल हुन सहयोग गर्ने बिभिन्न किसिमका कार्यक्रमहरुमा खर्च गरिनेछ।

कोरियाको न्याय मन्त्रालयले अहिले पुरानो नियम तथा कानूनहरुको पुनर्विचार गरिरहेको र यो रिसर्च पेपरका आधारमा नयाँ नियमहरु बन्न सक्ने बताएको छ।

प्रतिकृया दिनुहोस्