Saturday, September 25

प्रतिगमनको बिरोध गर्दै कोरियामा बृहत र्याली

February 14, 2021 852

दक्षिण कोरियाको दोश्रो ठूलो शहर बुसानमा प्रचण्ड माधब नेपाल समूहको नेपाल कम्युनिष्ट पार्टी सम्बध्द ‘प्रवासी नेपाली एकता मञ्च दक्षिण कोरिया’ ले फागुन १ गते बृहत र्याली निकालेको छ। बुसानमा एकता मञ्चले फागुन १ गते जनयुध्द दिवशका अवसरमा भेटघाट तथा शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना समेत गरेको थियो।

संघिय लोकतान्त्रिक गणतन्त्र स्थापनार्थ आफ्नो अमूल्य जिवन अर्पण गर्ने सम्पूर्ण वीर शहिदहरुको सम्झना गर्दै कार्यक्रमको सुरुवात भएको थियो। कार्यक्रममा बोल्ने अधिकांस बक्ताहरुले जनयुध्दको जगमा नै बर्तमान राजनैतिक उपलब्धि हासिल भएको र यि राजनैतिक उपलब्धिहरुलाई जुनसुकै हालतमा बचाइ राख्नुपर्ने धारणा राखेका थिए। अहिले गणतन्त्र धरापमा परेको र विभिन्न समूहबाट यसमाथि प्रहार भइरहेकाले सम्पूर्ण युवाहरु गणतन्त्रको रक्षाको लागि लाग्नुपर्ने कुरा बक्ताहरुले राखेका थिए।

कार्यक्रममा प्रवासी नेपाली एकता मञ्च दक्षिण कोरियाका केन्द्रिय सदस्यहरु तथा विभिन्न विभागका इन्चार्ज लगायत क्षेत्रिय कमिटीमा सदस्यहरुको उल्लेख्य उपस्थिती रहेको थियो। औपचारिक कार्यक्रम सकिएपछि के पि ओली सरकारले गरेको असंबैधानिक कदमको बिरोधमा ब्यानरसहित बिरोध र्याली निकालिएको थियो।

 

केहि समय पहिलेको यो समाचार पनि पढ्नुस:

नेकपा बिबाद कोरियामा, माधव-प्रचण्डले गर्यो ‍ओली समूहलाई कारबाही

प्रधानमन्त्री केपी शर्मा ‌‌ओलीले गत पौष ५ गते संसद विघटन गरेसँगै देखिएको नेकपाको विवाद ७ समुन्द्रपारी कोरियामा समेत देखिएको छ। नेकपा समर्थित प्रवासी नेपाली एकता मञ्च अहिले २ खेमामा बाँडिएका छन्। गत जनवरी १० तारिख प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराईको प्रमुख आथित्यमा भर्चुअल रुपमा बसेको बैठकले सृजना नेपालीलाई अध्यक्ष सहित नयाँ कमिटि गठन गरेपछि प्रचण्ड माधव नेपाल समूहले अनुसासनको  कारबाहि स्वरुप पार्टिबाट निकालेको हो।

प्रवासी नेपाली एकता मञ्चका अध्यक्ष दिलीप धितालबाट हस्ताक्षरित बिज्ञप्तीमा मन्चका केन्द्रिय सदस्यहरु सृजना नेपाली, अन्जन राई, विनोद खनाल, माधव अर्याल लगाएतलाई साधारण सदस्यसमेत नरहने गरि संगठनबाट निकालिएको भनिएको छ।

प्रवासी नेपाली एकता मञ्चले प्रधानमन्त्रीको संसद विघटनको  कदमलाई  आफ्नो निहित स्वार्थ सिध्दको संज्ञा दिँदै जनमतको अपमान भएकाले उक्त कदमको घोर भर्त्सनासमेत गरेको छ।

प्रतिकृया दिनुहोस्