आज अपि पावर कम्पनी लिमिटेड (API) को १७ लाख २० हजार ५६१.५० कित्ता बोनस सेयर नेपाल स्टक एक्सचेन्जमा सूचिकृत भएको छ।
हालै भएको यस कम्पनीको बार्षिक साधारणसभाले आर्थिक बर्ष ०७५/७६ को ५ प्रतिशत र आर्थिक बर्ष ०७६/७७ को ९ प्रतिशत बोनस पारित गरेको थियो। कर प्रयोजनका लागि आर्थिक बर्ष ०७५/७६ को बोनसका लागि ०.२६ प्रतिशत नगद लाभांश तथा आर्थिक बर्ष ०७६/७७ को बोनसका लागि ०.४७ प्रतिशत नगद लाभांश समेत रहेको थियो।
आर्थिक बर्ष ०७५/७६ को बोनसका लागि कम्पनीले २०७६ साल चैत १ गते नै बुक क्लोज गरिसकेको थियो। यो मिती भन्दा अघिल्लो दिन सम्म कायम सेयर धनीहरुले मात्र ५ प्रतिशत बोनस पाउनेछन्। त्यसैगरी आर्थिक बर्ष ०७६/७७ को बोनसका लागि कम्पनीले २०७७ मंसिर १ गते बुक क्लोज गरेको थियो। यो मितिभन्दा अगाडी कायम सेयरधनीले ९ प्रतिशत बोनस पाउनेछन्। आर्थिक बर्ष ०७६/७७ को ९ प्रतिशत बोनस अघिल्लो आर्थिक बर्षको ५ प्रतिशत बोनस थप गरि हुन आउने सेयरको ९ प्रतिशतले पाउने हुन्।
अहिले अपि पावर कम्पनीको प्रतिकित्ता २८० रुपैयाँमा नेपाल स्टक एक्सचेन्जमा कारोबार भइरहेको छ।
प्रतिकृया दिनुहोस्