Tuesday, September 28

केहि बेरअघि कोरियामा भूकम्पको धक्का

February 15, 2021 664

केहि समय अघि दक्षिण कोरियामा भूकम्पको धक्का महसुस भएको छ। आज साँझ कोरियाको तल्लो पश्चिम तटिय क्षेत्रमा २.५ रेक्टर स्केलको भूकम्प गएको हो। भूकम्पबाट कुनै ठूलो जन धनको क्षति नभएको कोरियाको मौषम विभागले जनाएको छ।

कोरियाको भूकम्प मापन केन्द्रका अनुसार साँझ ६ बजेर ५९ मिनेट जाँदा छल्लाबुक्दो गुनसानबाट १० किलोमिटर उत्तर पूर्वमा केन्द्रबिन्दु बनाई भूकम्प गएको हो। यो क्षेत्र राजधानी सउलबाट २७० किलोमिटर दक्षिणमा पर्दछ।

गुनसान क्षेत्र र त्यस वरपर भूकम्पको धक्का महशुस भएको थियो। त्यहाँका बासिन्दाहरुलाई सुरक्षित रहन स्थानिय सरकारले आग्रह गरेको छ।

प्रतिकृया दिनुहोस्