Tuesday, January 25

महालक्ष्मी लाइफ इन्स्योरन्सले आइपिओ निष्काशन गर्ने

February 16, 2021 1051

महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले आर्थिक बर्ष २०७५/७६ को बार्षिक साधारणसभा सम्पन्न गरेको छ। कम्पनीका प्रमुख मनोरन्जन रमन शर्माको अध्यक्षतामा सम्पन्न साधारणसभाले ६० लाख कित्ता सेयर सर्वसाधारणका लागि प्राथमिक निष्काशन अर्थात आइपिओ जारी गर्ने प्रश्ताव पारित गरेको छ। साधारणसभा फागुन ३ गते सम्पन्न भएको हो। महालक्ष्मी लाइफ इन्स्योरेन्सको तेस्रो वार्षिक साधारणसभाले यस्तो निर्णय गरेको हो।

साधारणसभाले मनोरन्जन रमन शर्मा, उमेश लाल श्रेष्ठ, सुरेश सापकोटा, सम्झना अर्याल र विश्वचन्द घिमिरेलाई कम्पनीको सन्चालक समितीमा निर्विरोध छनौट गरेको छ।  साधारणसभामा संस्थापकहरुको तर्फबाट आगामी ४ वर्षका लागि संचालकसमेत चुनिएको कम्पनीले जनाएको छ।  साधारणसभामा महालक्ष्मी इन्स्योरेन्सका अध्यक्ष मनोरञ्जन रमण शर्माले वार्षिक प्रतिवेदन पेश गर्दै  कम्पनीको वर्तमान वित्तीय स्थिति र भावी कार्यक्रमबारे जानकारी दिएका थिए।

साधारणसभाले अध्यक्षले प्रस्तुत गरेको वार्षिक प्रतिवेदनसहित आर्थिक वर्ष २०७५/७६ को वासलात, नाफा नोक्सान हिसाब र अन्य वित्तीय विवरण पास गरेको जनाएको छ।

प्रतिकृया दिनुहोस्