Monday, September 27

म्यानमारको शैनिक कू बिरुध्द कोरियामा प्रदर्शन

February 16, 2021 610

केहि दिन अघि म्यानमारमा सेनाले कू गरि सत्ता कब्जा गरेपछि अहिले त्यहाँ आन्दोलन चर्किरहेको छ। त्यसकोो असर कोरियामा पनि देखिएको छ। कोरियामा काम गरिरहेका म्यानमारका कामदारहरुले ब्यानरसहित शैनिक कू को बिरोध गरेका छन्।

म्यानमारमा सेनाले केहि दिनअघि सत्ता कब्जा गरेको थियो। सत्ता कब्जा गरेसँगै सेनाका कमान्डर इन चिफ कमान्डर इन चिफ जनरल मिन आङ हलिङले एक वर्षका लागि संकटकाल घोषणा गरेका थिए।

संकटकाल घोषणासँगै सहरका सडकमा सेना परिचान भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका थिए। संकटकाल घोषणासँगै शीर्ष नेताहरूलाई नजरबन्दमा राख्ने तथा नियन्त्रणमा लिने काम भइरहेको छ। सेनाले मुख्यमन्त्रीहरूको निवास घेरेको बताइएको छ।

यसैगरी राजधानी नेपितामा सञ्चार सम्पर्क विच्छेद भएको छ। सञ्चार सम्पर्क विच्छेद भएसँगै त्यहाँको अवस्था थाहा हुन नसकेको बताइएको छ।

मुलुकका प्रमुख सहरहरूमा इन्टरनेट र केही फोन सेवाप्रदायकको सेवा अवरुद्ध गरिएका छन् भने पुरानो राजधानी यान्गुनमा सीमित रूपमा फोन र इन्टरनेट चलेको बीबीसीले बताएको छ। तर धेरै सेवाप्रदायकले आफ्नो सेवा बन्द गरेका छन्।

प्रतिकृया दिनुहोस्