दक्षिण कोरिया ख्यङगीदो प्रदेशको नाम्याङ जुुुुमा एक प्लास्टिक कम्पनीबाट आज १७ तारिख एकैचोटी ११५ जना कामदार कोरोना संक्रमित भएकोछ। यस कम्पनीमा अधिकांस कामदार बिदेशीहरू रहेको छन।
गत १३ तारिक अस्पतालले यस कंम्पनीमा एक कम्बोडियन कामदार कोरोना संक्रमण भएको पुष्टी गरेको थियो। आज १७ तारिक यस प्लास्टिक कंम्पनीबाट १७७ जना कोरोना १९ परिक्षण गर्ने क्रममा एकै चोटी ११५ जना कामदार कोरोना संक्रमित भएको बताएका छन। यसमध्ये बिदेशी कामदार १०६ जना र कोरियन कामदार ९ जना कोरोना संक्रमित भएको पुष्टी भएको छ। यस कंम्पनीमा धेरैजसो कामदार बिदेशीहरू रहेता पनि कुन कुन राष्ट्रको कामदारहरूले काम गरेको भन्ने चाहि अझ खुलाएको छैन ।
कोरियन समाचार अनुसार यस कंम्पनीमा बिदेशी कामदारहरू कोठामा समुह बस्ने भएको कारण सजिलै कोरोना संक्रमित भएको अनुमान गरिएको छ । यस कंम्पनी भएको एरियामा जम्मा ५९ बटा कंम्पनी र १२०० जना कामदार रहेको बताएका छन भने गत ११ तारिक पनि यहि एरिया नजिकै १ जना कोरोना संक्रमित भेटीएका थिए । कोरियन समाचार अनुसार यस एरियाबाट अझ धेरै संक्रमित संख्या बढ्न सक्ने बताएका छन । केहि दिन अधि मात्र कोरियाको महान पर्ब सल्नाल (कोरियन नया बर्ष) को छुट्टी थियो त्यस समयामा बिदेशी कामदारहरू घुमडुल र आफान्तहरू संग भेटघाटको क्रममा कोरोना संक्रमित भएको अनुमान गरिएको छ।
प्रतिकृया दिनुहोस्