Tuesday, June 22

उत्तर कोरियाका ३ ह्याकरमाथि १३० करोड डलर चोरी गरेको अमेरिकाको आरोप

February 18, 2021 478

अमेरिकाले बुधवार ३ जना उत्तर कोरियाली कम्प्युटर प्रोग्रामरहरुलाई विभिन्न बैंक तथा वित्तिय संस्थाहरुबाट करिब १३० करोड डलर ह्याकिङ गरि चोरी गरेको आरोप लगाएको छ। उनिहरुले श्रृङ्खलाबध्द रुपमा साइबर हमला गरि बैंक तथा वित्तिय संस्थाहरुको सर्भरमा छिरि उक्त रकम बराबरको नगद तथा क्रिप्टोकरेन्सी चोरी गरेका हुन्।

उत्तर कोरियाको शैनिक इन्टेलीजेन्स एजेन्सीका ति तिन जना प्रोग्रामरहरुले विभिन्न किसिमका फेक क्रिप्टोकरेन्सी एप्लिकेशनहरु बनाएर यसको चोरी गरेका हुन्। उनिहरुले सन् २०१६ देखि नै अमेरिकाका डिफेन्स डिपार्टमा काम गर्ने कर्मचारीहरु, उर्जा क्षेत्रका कम्पनीहरु, टेक कम्पनीहरुमा साइबर आक्रमण गरिरहेका थिए। उनिहरुले बिभिन्न बैंकहरुको एटीएम मा कन्ट्रोल जमाइ त्यहाँबाट नगद लुटेका थिए।

अमेरिकामा जोए विडेन नयाँ राष्ट्रपतिमा निर्वाचित भएपछिको पहिलो उत्तर कोरियामाथिको कारबाहिस्वरुप ३ जना ह्याकरहरुलाई मोस्ट वान्टेड सूचिमा राखेको हो। उत्तर कोरियाले विगत ७ बर्षदेखि विटक्वाइन जस्ता डिजिटल क्रिप्टोकरेन्सी ह्याक गरि चोर्ने गरेको आरोप अमेरिकाले लगाएको छ। यसरी चोरी गरी फण्ड जुटाएको आरोप समेत लगाइएको छ।

सन् २०१८ मा पहिलो पटक उत्तर कोरियाका पार्क जिन ह्योकमाथि चोरी तथा ह्याकिङको आरोपसहित लस एन्जल्सको अदालतमा मूद्दा दर्ता गरिएको थियो। उसलाई सन २०१४ मा सोनी पिक्चर्सको डाटा ह्याक गरेको तथा बंगलादेशको केन्द्रिय बैंकको ८१ मिलियन डरल ह्याक गरि चोरी गरेको आरोप छ।

अहिले अन्य २ जनामाथि नयाँ आरोप लगाइएको छ। जोन चाङ ह्योक र किम इल नयाँ दुइ आरोपितहरु हुन्। यि ३ जना मिलेर विभिन्न ह्याकिङ साईबर हमला तथा चोरी गरिरहेका छन्। उनिहरुले स्लोभेनिया र इन्डोनेशियाबाट क्रिप्टोकरेन्सी लगायतका डिजिटल मनि चोरी गरि न्यु योर्क एक्सचेन्जमा पुर्याएका थिए।

यि ३ ह्याकरहरुले सन २०१८ मा पाकिस्तानको ब्याङकस्लामीबाट ६० लाख डलर चोरि गरेका थिए। बैंकको कम्युटर नेटवर्कमा छिरेर विभिन्न एटिएम मेशिनमा रहेको पैसा निकालेका हुन्। यि सबै गतिबिधिमा उत्तर कोरिया र त्यसका सर्बोच्च नेता किम जोङ उन अप्रत्यक्ष रुपमा संगल्गन रहेको अमेरिकाको ठहर रहेको छ।

 

प्रतिकृया दिनुहोस्