कोरियाको प्रमुख खाना डेलिभरी गर्ने एप्स ‘फेदाल मिनजोक’ का सिइओ तथा फाउण्डर किम बोङ जिन आफ्नो सम्पत्तिकै आधा दान गर्ने दक्षिण कोरियाकै पहिलो ब्यक्ति भएका छन्। विश्वका धनीहरुले सुरुवात गरेको ‘गिभिङ प्लेज’ अभियानमा सहभागी हुने उनी पहिलो दक्षिण कोरियाली नागरीक भएका छन्।
‘गिभिङ प्लेज’ अभियानमा सहभागी हुनेको सम्पत्ति कम्तिमा पनि १ बिलियन डलर हुन आवश्यक छ। यस हिसाबले उनले कम्तिमा पनि ५०० मिलियन डलर दान दिनुपर्ने देखिन्छ।
यो अभियान विश्वभरिका एउटा धनी समाज सेवीहरुको अभियान हो जुन सन् २०१० को अगष्टबाट माइक्रोसफ्टका फाउण्डर बिल गेट्स र बर्कसायर हाथवेका प्रमुख वारेन बफेटले सुरुवात गरेका थिए। उनिहरुले आफूहरुले यहि समाजबाट सम्पती कमाएको हुनाले यहि समाजलाई नै योगदान गर्नुपर्दछ भन्ने मान्यताबाट यो अभियान सुरु गरेका थिए।
यस अभियानमा फेसबुकका फाउण्डर मार्क जुकरबर्ग, टेस्ला कम्पनीका सिइओ एलोन मस्क, स्टार वार्सका निर्माता जर्ज लुकास, ओराकलका सिइओ ल्यारी एलिसन तथा न्यु योर्कका मेयर माइकल ब्लुमबर्क रहेका छन्। यस अभियानमा सहभागी सबैजसो आफ्नै बुत्तामा धनी भएका मानिसहरु हुन्।
कोरियाका किमले भनेका छन् ‘म र मेरो श्रीमति हाम्रोआधाभन्दा बढि सम्पति यहि समाजमा दान गर्न तयार र खुशि छौं। यस कुरामा हाम्रा २ सन्तानहरु पनि राजि खुशी रहेका छन्।’
‘दश बर्षअघि जब म एउटा सानो कम्पनी चलाउथे जहा मात्र २० जना कामदारहरु थिए। म बिल गेट्स र वारेन बफेटका बारेमा किताब तथा आर्टिकलहरु पढ्दथें। उनिहरुले समाजलाई दिएको दान तथा सहयोगको समाचार पढ्दै गर्दाा मैले पनि यहि गर्न सकूँ भन्ने लाग्दथ्यो। आज त्यस बेला देखेको सपना पूरा हुन लाग्दा एकदमै खुशी लागेको छ।’
प्रतिकृया दिनुहोस्