Tuesday, June 22

ग्रीनलाइफ हाइड्रोको सेयर बाँडफाड भोली, कतिले पाउने भए सेयर? जान्नुस

February 18, 2021 331

माघ २३ गतेबाट खुलेको ग्रीनलाइफ हाइड्रोपावर कम्पनीको आईपिओ शुक्रबार बाँडफाँड हुदै छ। यस कम्पनीको बिक्रि प्रबन्धक बिओके क्यापिटलले मंगलबार नै आईपिओको प्रि अलोटमेन्ट सकिसकेको छ। प्रि अलोटमेन्ट सकेर भोली अर्थात शुक्रबार शेयर बाँडफाँड गर्नने तयारी गरेको हो। शुक्रबार बिहान नौ बजे शेयर बाँडफाँड हुने बिओके क्यापिटलले जनाएको छ।

यस कम्पनीको आइपीओमा १३ लाख २२ हजार ९७१ जना आवेदकबाट आवेदन परेको थियो। तर १३ लाख १९ हजार ५९ जना आवेदकको मात्र आवेदन बाँडफाडका लागि योग्य रहेको बिओके क्यापिटलले जानकारी दिएको छ। मागभन्दा धेरै आवेदन परेकोले धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका अनुसार गोलाप्रथाबाट न्युनतम १० कित्ताका दरले शेयर वितरण हुनेछ।

कम्पनीले केहि समय पहिला स्थानिय आयोजना प्रभावितहरुका लागि सेयर बेचेको थियो। स्थानीय बासिन्दाको लागि खोलिएको सबै सेयर बिकेको थिएन। स्थानियका लागि खोलिएको सेयरमध्ये ९४ प्रतिशत सेयर बिक्री भएको थिएन। १ हजार २१६ जना स्थानियले मात्र आइपिओ किनेका थिए। ग्रीनलाईफ हाइड्रोपावर लिमिटेडले १०० अंकित दरको १८ लाख कित्ता शेयर तथा स्थानीय बासिन्दाको लागि बिक्री खुल्ला गरिएको शेयरमध्ये बिक्री नभएका १६ लाख ९६ हजार ४०० कित्ता शेयर गरी जम्मा ३४ लाख ९६ हजार ४०० साधारण शेयर सर्वसाधारणका लागि बिक्री खुल्ला गरेको थियो।

३४ लाख ९६ हजार ४०० कित्तामा सामुहिक लगानी कोष, कर्मचारी पनि समावेश छन्। कम्पनीमा काम गर्ने कर्मचारीहरुका लागि ६९ हजार ९२८ कित्ता छुट्याइएको छ भने म्युचुअल फण्डहरुका लागि १ लाख ७४ हजार ८२० कित्ता छुट्याइएको छ। बाँकी रहेको ३२ लाख ५१ हजार ६५२ कित्ता भने सर्वसाधारणले पाउनेछन्। ग्रीनलाईफले दोलखाको मार्बु गाविसमा ४० मेगावाटको खानिखोला जलविद्युत आयोजना निर्माण गरिरहेको छ।

ग्रीनलाइफ हाइड्रोपावरले माघ २३ गतेदेखि प्रतिशेयर १०० अंकित मूल्यका १८ लाख कित्ता र स्थानीय बासिन्दाका लागि जारी शेयरमा बिक्री नभएको १६ लाख ८६ हजार ४०० कित्ता गरी कुल ३४ लाख ९६ हजार ४०० कित्ता साधारण शेयर निष्काशनमा ल्याएको थियो।

त्यसमध्ये १ लाख ७४ हजार ८२० कित्ता शेयर सामूहिक लगानी कोषका लागि र ६९ हजार ९२८ कित्ता शेयर कर्मचारीहरुका लागि बाँडफाँट गरिएको छ। त्यसमध्ये बाँकी रहेको ३२ लाख ५१ हजार ६५२ कित्ताका शेयर सर्वसाधारणको लागि छुट्टाएको थियो।

 

प्रतिकृया दिनुहोस्